बैतडी । पुर्चौडी नगरपालिका-३ का ४५ वर्षिय वडासदस्य गणेश पार्की मृत अवस्थामा आज (शुक्रबार) भेटिएका छन् ।
पुर्चौडी नगरपालिका-१ स्थित राताशीला मन्दिरनजिक उनको शव शुक्रबार बिहान फेला परेको जिल्ला प्रहरी कार्यालका प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेयले जानकारी दिए ।
बिहीबार राति स्थानीय राताशीला मन्दिरमा जात्रा हेर्न गएका उनको मृत्युबारे तत्काल थाहा हुन नसकेकाले अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।