काठमाडौं । प्रहरीले एक किलो सुनसहित एक जना तस्करलाई पक्राउ गरेको छ ।
आज (शुक्रबार) गौर नगरपालिकाको वडा नं.४ बसपार्कबाट लु १ प ५८०३ नं.को मोटरसाइकलमा एक किलो तस्करीको सुन बोकेर हिडेका २१ वर्षिय अनुकेश शाहलाई प्रहरीले पक्राउ गरेको हो ।
उनको साथबाट २ सय ५० ग्राम सुनका ४ बिस्कुट बरामद गरिएको प्रहरीको भनाई छ । सुन सहित पक्राउ परेका साहलाई आवश्यक कारबाहीका लागि राजस्व कार्यालय पथरैया पठाइएको छ