धनगढी । नेपाल कम्युनिस्ट पार्टीले सांसद देवकी मल्ललाई अहपरणमा आफ्नो संलग्नता नरहेको बताएको छ । उसले समाचारप्रति ध्यानाकर्ष भएको बताउँदै विज्ञप्ति निकालेर समाचारको खण्डन गरेको छ ।
नेकपाका सेती ब्यूरो इन्चार्ज सिकन्दरले संचारमाध्यमहरुमा आएको समाचारप्रति ध्यानाकर्षण भएको बताएका छन् । उनले शुक्रबार एक विज्ञप्ति जारी गरेर पार्टीसँग जोडेर सांसद मल्लालाई अपहरण गरेको समाचारमा आफ्नो पार्टीको संलग्नता नरहेको बताएका छन् ।
नेकपाका केन्द्रीय सदस्य तथा सेती ब्युरो इन्चार्ज सिकन्दरले भ्रामक र तथ्यहीन समाचारप्रति आपत्ति जनाउँदै खण्डन गरेका छन् । सुदूरपश्चिम प्रदेस सभा सदस्य मल्लालाई नेकपाका कार्यकर्ताले अपहरण गरेको भन्ने समाचार आएपछि सिकन्दरले विज्ञप्ति निकालेर खण्डन गरेका हुन् ।
यसैबीच मल्ल शुक्रबा साँझ प्रहरीको सम्पर्कमा आएकी छन् । उनि शुक्रबार सदमुकाम चैनपुरबाट गाउँतिर कार्यक्रमको लागि गएको बेला सम्पर्कविहीन बनेकी थिइन् ।
देवकी गाउँतिर जाँदै गर्दा बीच बाटोमा भाइसँग भेट भएको र कुराकानीको लागि केही समय केही टाढा गएको बताइएको छ । उनका सरोदर भाई भरत मल्ल नेकपाका बझाङ सेक्रेटरी हुन् । त्यस्तै बुबा धनबहादुर मल्ल नेकपाले गठन गरेको सेती महाकाली जनपरिषद् प्रमुख छन् ।
नेकपाका एक नेताका अनुसार लामो समयसम्म दुई भाइको भेट भएको थिएन, दिदी-भाइको भेट भएपछि कुराकानीको लागि गएकी थिइन् । त्यही घटनालाई लिएर संचारमाध्यमहरुले अपहरणको समाचार बनाएको हुन सक्ने नेकपाका नेताहरुको दाबी छ ।
यस्तो छ विज्ञप्ति