काठमाडौं । राजनारायण पाठकिवरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान सुरु गरेको छ ।
नेपाल इञ्जिनियरिङ कलेजसँग ७८ लाख रुपैयाँ घुस लिएका आयोगका आयुक्त पाठकमाथि आयोगले अनुसन्धान सुरु गरेको हो । उनले कलेजमा भएको भ्रष्टाचार मिलाइदिने भन्दै उक्त रकम घुस मागेका थिए ।
चौतर्फी दवावपछि पाठकले शुक्रबार पदबाट राजीनामा दिएका थिए । सरकारले राजिनामा नदिए महाअभियोग लगाउने चेतावनी दिएपछि बाध्य भएर पाठकले राजिनामा दिएका थिए ।
अख्तियारका अनुसार सहसचिवको नेतृत्वमा तीन सदस्यीय कमिटी गठन गरेर अनुसन्धान सुुरु गरिएको छ । आयोगले महान्यायाधिवक्ताको कार्यालयसँग राय लिएर अनुसन्धान सुुरु गरेको हो । महान्यायाधिवत्ताको कार्यालयले सोमबार पाठकमाथि छानबिन गर्न सक्ने राय दिएको थियो ।