आज :

सेवा शुल्कलाई कानून बनाएर लागु गर्ने सरकारको घोषणा, तत्काल कार्यान्वयन होस्ः अध्यक्ष कुमार पन्त

  • अनलाइन डबली

काठमाडौं । श्रमीकहरुको १० प्रतिशत सेवा शुल्कलाई कानून बनाएर लागु गर्ने सरकारले घोषणा गरेको छ । बहिबार अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आ.ब. २०८२/८३ बजेट सार्वजनिक गर्दै सो घोषाणा गरेका हुन् ।

सरकारले बजेटमार्फत गरेको घोषणा स्वागत योग्य रहेको नेकपा (माओवादी केन्द्र) निकट अखिल नेपाल होटल क्यासिनो तथा रेस्टुराँ मजदुर संघका केन्द्रिय अध्यक्ष कुमार पन्तले बताए ।
अध्यक्ष पन्तले सरकारलाई धन्यबाद दिदै भने,“श्रमीकहरुको ब्यापक जगरण तथा दबाब आन्दोलनको कारण २०७९ माघ ११मा सर्बोच्च अदालतले खारेज गरेको सेवा शुल्कलाई कानून बनायर लागु गर्ने घोषणा गर्न सरकार बाध्य भयको छ, बजेट मार्फत गरिएको यस घोषणालाई धन्यबाद दिन चाहन्छौं ।”

विगत २ वर्षदेखि अनवरत संघर्षरत श्रमिकहरुको दबाबले आंशीक सफलताको रुपमा लिएको बताउँदै पन्तले भने,“सरकारले घोषणा गरेको छ त्यसलाई तत्काल कार्यान्वयनको माग पनि गर्दछौं ।” “सेवा शुल्कको कानून तत्काल बनाउनको लागि अझ ससक्त दबाब आवश्यक पर्ने र त्यसको निमित्त सबै श्रमिक साथिहरुलाई आह्वान गर्दै हाम्रो संगठन सधै श्रमीकको सथमा रहने प्रतिबद्दता ब्यक्त गर्दछौ ।” पन्तले थपे ।

प्रतिक्रिया

Ad of KMC school

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal