आज :

सर्लाहीमा आगलागी हुँदा दुई तले कच्ची घर पूर्ण रूपमा जलेर नष्ट

  • अनलाइन डबली

सर्लाही । सर्लाहीको बागमती नगरपालिका–१, चुरे क्षेत्र स्थित हिरेडाँडामा आगलागी हुँदा एक घर पूर्ण रूपमा जलेर नष्ट भएको छ । आगलागीबाट करिब ३ लाख २० हजार रुपैयाँ बराबरको धनमाल क्षति भएको छ ।

सोमबार दिउँसो करिब १२ बजे स्थानीय रामबहादुर बलको टायलको छाना भएको काठले निर्मित दुई तले कच्ची घरमा आगलागी भएको सर्लाहीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक वेद प्रसाद गौतमले जानकारी दिए ।

आगलागी हुँदा घरधनी बलको परिवार खेतमा काम गर्न गएको र घरमा कोही पनि नभएको बताइएको छ । आगलागीबाट घर पूर्ण रूपमा जलेर नष्ट भएको छ भने घरभित्र रहेका लत्ताकपडा, अन्नपात, फर्निचर, नगद तथा महत्त्वपूर्ण कागजातसमेत जलेर नष्ट भएका छन् ।

प्रहरीका अनुसार आगलागीबाट नागरिकता, विवाह दर्ता, जन्म दर्ता तथा पासपोर्टलगायतका महत्त्वपूर्ण कागजातसमेत जलेर नष्ट भएका छन् ।

आगलागीबाट मानवीय तथा चौपाया क्षति भने नभएको प्रहरीले जनाएको छ । घटना स्थल विकट चुरेक्षेत्र भएका कारण घटनाबारे इलाका प्रहरी कार्यालय कर्मैयामा सोमबार साझ जानकारी प्राप्त हुनासाथ प्रहरी नायब निरीक्षक रोशन लामिछानेको कमाण्डमा प्रहरी टोली घटनास्थलमा खटिएको थियो । आगो पूर्ण रूपमा नियन्त्रणमा आइसकेको र घटनाको कारण खुल्न नसकेको प्रहरीले जनाएको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय कर्मैयाले जनाएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal