आज :

भिमफेदी दुर्घट्नाः मृत्यु भएका १४ जनाकै पहिचान खुल्यो

  • अनलाइन डबली

सर्लाही । सर्लाहीको चक्रघट्टा गाउँपालिका–४ सुन्दरपुरटोलमा भएको दुर्घट्नामा १४ जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका डीएसपी माधवकुमार काफ्लेका अनुसार मृत्यु भएका १४ जनाकै पहिचान खुलेको छ ।

मृत्यु हुनेमा सर्लाहीको कबिलासी गाउँपालिका–८ का ३० वर्षीय चालक रविशंकर कुमार मण्डल,सर्लाही चक्रघट्टा गा.पा.४ सुन्दरपुरटोल बस्ने राकेश यादव,सुरेश यादव र सोही बस्ने छोटु यादव ,२६ वर्षीय बिकेश यादव, ३५ वर्षीया पुनम यादव, उनका छोराछोरी ७ वर्षीया दिक्षा यादव, ५ वर्षीया दिपिका यादव र १० वर्षीया अनु कुमारी यादवको मृत्यु भएको छ ।

यसैगरी, ३५ देखि ३६ वर्षका गुड्डु यादव, उनकी श्रीमती ३० देखि ३२ वर्षीया गायत्री देवी, २५ देखि २६ वर्षका रामदुलार यादव, २४ देखि २५ वर्षका सुबोध यादव र १५ वर्षीय रोहन यादवको पनि मृत्यु भएको प्रहरीले जनाएको छ ।

घटनामा घाइते भएका ६ जनालाई उपचारका लागि हेटौंडा अस्पताल लगिएको थियो । घाइतेमध्ये ३३ वर्षीय मुकेश यादव र ५ वर्षीय सक्षम कुमार यादव उपचारपछि डिस्चार्ज भएका छन् ।

त्यस्तै, ३ वर्षीय सुजन यादव र १४ महिनाका सुदिप यादवलाई थप उपचारका लागि काठमाडौंको मेडिसिटी अस्पताल रिफर गरिएको छ । ३१ वर्षीय बेचु भन्ने देवेन्द्र रायलाई थप उपचारका लागि भरतपुरको मनकामना अस्पताल रिफर गरिएको छ । अर्का २६ वर्षीय देवेन्द्र राय उपचारपछि डिस्चार्ज भएका छन्

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal