आज :

कात्तिकमै अत्याधिक चिसो, चौरमै सुरु गरियो पठनपाठन

  • अनलाइन डबली

हुम्ला । हिमाली जिल्ला हुम्लामा यतिबेला चिसो बढ्दै गएपछि सिमकोट गाउँपालिका–८ साँता गाउँमा रहेको बलभद्र आधारभूत विद्यालयका विद्यार्थी खुला चौरमा पठनपाठन गर्दै आएका छन् ।

दिउँसोको समयमा पनि यतिबेला हुम्लामा तापक्रम माइनसमा झरेसँगै चिसो बढेपछि बालविकास र कक्षा एकका विद्यार्थीहरुलाई खुला चौरमा पठनपाठन गराउँदै आएको बलभद्र आधारभूत विद्यालयकी प्रधानाध्यापक प्रेमकला बुढाले बताइन् । यो वर्ष कात्तिक महिनामै दुई पटक जिल्लामा हिमपात भएको हुँदा चिसो अत्यन्त बढेको छ ।

जिल्लामा हिमपात पश्चात् तापक्रम माइनसमा झरेर चिसो एक्कासी बढेपछि विद्यार्थीलाई घाम ताप्दै सहज रूपमा सिकाइ गर्न सकियोस् भन्ने उद्देश्यले विद्यालयले खुला स्थानमै नियमीत कक्षा सञ्चालन गर्दै आएको प्रधानध्यापक बुढाको भनाई छ ।

प्रधानध्यापक बुढाले भनिन्, ‘चिसोका कारण साना कक्षाका विद्यार्थी कक्षाकोठामा बस्न नसक्ने भएपछि खुला चौरमा पठनपाठन शुरु गरिएको छ ।’

विशेषगरी बालविकास र कक्षा १ का विद्यार्थीलाई घाम ताप्दै पढ्ने व्यवस्था मिलाइएको छ ।’ यस्तै अन्य कक्षाका बिद्यार्थीलाई पनि चिसो मानेपछि चौरमा पठनपाठन गराउँदै आएका छौ ।’

जिल्लाको बलभद्र आधारभूत विद्यालय मात्रै नभएर हुम्लाको उत्तरी नाम्खा गाउँपालिकाका अधिकांस तीन विद्यालयले अत्यधिक चिसोको कारण कक्षाकोठामा बसेर पढ्न कठिन भएपछि चौरमा पठनपाठन सञ्चालन गर्न गर्दै आएका छन् ।

नाम्खा गाउँपालिका–६ स्थित हिमालपारीको गाउँ लिमीको सुनखानी आधारभूत विद्यालयका शिक्षक बिकुल तामाङका अनुसार, विद्यालय भवनका कक्षाकोठा चिसो हुँदा भित्र पढाउन नसकिएकोले विद्यालयकै हातामा कक्षा सञ्चालन भइरहेको बताए ।

कक्षा ८ सम्मका सबै विद्यार्थी खुला स्थानमै पढ्न बाध्य रहेको उनको भनाई छ । उत्तरी क्षेत्रमा दिउँसोमा समेत तापक्रम माइनसमा हुने गरेको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal