आज :

वर्षा र पहिरोका कारण विभिन्न जिल्लाका सडक अवरुद्ध, केहीमा एकतर्फी यातायात

  • अनलाइन डबली

काठमाडौं । लगातारको वर्षा र पहिरोका कारण देशका विभिन्न जिल्लामा मुख्य राजमार्ग तथा सडक अवरुद्ध भएका छन्।

प्रहरीका अनुसार आइतबार बिहान ७ बजेसम्म ललितपुर, खोटाङ, काभ्रे, गोरखा, मुस्ताङ, पाल्पा र सुर्खेतका विभिन्न सडकखण्ड प्रभावित भएका छन्।

ललितपुरको बागमती गाउँपालिका–३ स्थित पाँडुर र टार्कुचेमा पहिरो खस्दा कान्तिलोकपथ पूर्ण रूपमा अवरुद्ध भएको छ। त्यस्तै, ललितपुर महानगरपालिका–२ बल्खुको सुन्दरीघाटस्थित बागमती करिडोर पनि अविरल वर्षाका कारण पूर्ण रूपमा बन्द भएको छ।

खोटाङको हलेसी तुवाचुङ नगरपालिका–१ लकुरीडाँडामा पहिरो खस्दा मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ। काभ्रेको रोशी गाउँपालिका–१ पिन्थली र वडा नम्बर ८ गिम्दीबेशीमा पहिरोका कारण बीपी राजमार्गसमेत पूर्ण रूपमा बन्द रहेको छ।

त्यस्तै, गोरखाको आरुघाट गाउँपालिका–२ र ३ स्थित सोतीदेखि मान्बु जाने पुल बाढीका कारण अवरुद्ध छ। मुस्ताङको जोमसोम–कोरोला सडकखण्डका दुई स्थानमा पहिरो र वर्षाका कारण यातायात प्रभावित भए पनि एकतर्फी सञ्चालनमा रहेको छ।

पाल्पाको रामपुर नगरपालिका–१ स्थित कालीगण्डकी करिडोर र सुर्खेतको बराहताल गाउँपालिका–७ ओलिसेमा पहिरोका कारण प्रभावित कर्णाली राजमार्ग पनि एकतर्फी सञ्चालनमा रहेको प्रहरीले जनाएको छ।

प्रभावित सडकखण्डमा यातायात सञ्चालन सहज बनाउन आवश्यक समन्वय भइरहेको छ। प्रहरीले सडकको अवस्था बुझेर मात्र यात्रा गर्न आग्रह गरेको छ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal