आज :

अक्रम खाँलाई मध्यरातमा गिरफ्तार गर्दैमा देशभक्तहरु डराउँदैनन्ः जेनजी प्रवक्ता विर्जन विश्वकर्मा

  • अनलाइन डबली

काठमाडौं । राष्ट्रिय जेनजी नागरिक अभियानले लुम्बिनी बचाउ महाअभियानका संयोजक अक्रम खाँलाई गरिफ्तार गरेर आफूहरुको आन्दोलन विथोल्न खोजेको आरोप लगाएको छ । मंगलबार काठमाडौंको संवाद डबलीमा आयोजित खबरदारी कार्यक्रममा जेनजीहरुले आनीको नियुक्तिविरुद्धको आन्दोलन नरोकिनेसमेत चेतावनी दिएका छन् ।

अभियानले खाँ गिरफ्तार भएलगत्तै सरकारलाई दबाब दिएको थियो, सोपछि मंगलबार अपराह्न उनलाई सरकार रिहा गर्न बाध्य भएको थियो । अभियानका प्रवक्ता विर्जन विश्वकर्माले सोमबार राति १२ बजे लुम्बिनी बचाउ महाअभियानका संयोजक खाँलाई गिरफ्तार गरिनु गैर कानुनी र गैर न्यायीक रहेको बताए । “हिजो राति १२ बजे संयोजक खाँलाई गिरफ्तार गरेलगत्तै सरकारलाई तत्काल रिहाइ गर्न दबाब दिए थियौं, आज समयमै रिहा गरेर उचित भए पनि आनी नियुक्ति बारे हाम्रा माग र आन्दोलन जारी छ” विश्वकर्माले भने ।

आफूहरुले आनीको नियुक्ति प्रक्रिया र उनीमाथि उठेका प्रश्न तथा विवादको जवाफ मागेको तर सरकारले त्यसको सट्टा दमनको नीति अबलम्बन गरेर आफ्नो गल्ति ढाकछोप गर्न खोजेको विश्वकर्माको कथन छ । “लोकतान्त्रीक व्यवस्थामा बोल्न र गलतविरुद्ध आलोचना तथा विरोध गर्नपाईन्छ, सत्ता र शक्तिको आडमा गरिने प्रतिशोधसँग डराइन्न” विश्वकर्माले थपे ।

जेनजी अभियान्ता सफलता बोगटीले आनी नियुक्तिको व्यापक विरोधका बाबजुद सरकार सच्चिनुको सट्टा उल्टै महाअभियानका संयोजक खाँलाई गिरफ्ता गर्ने विषय गम्भीर रहेको बताईन् । आनीका विवाद बारे छाताछुल्ल हुँदा पनि बौद्धिक र महात्यागी दाबी गर्दै कोषको उपाध्यक्ष पदमा लालाहीत हुने विषय हास्यासपद रहेको बोगटीले बताईन् । आनीको दुई पुस्ते पृष्ठभूमी सार्वजनिक गर्दै उनलाई त्यसको जवाफ दिन अनुरोध गर्दै बोगटीले भनिन्,“लाजको पसारो गर्दै अनी जीले विरोधीलाई ‘मासु–भातमा विकेको’ भन्नु सरासर बुद्धिष्ट मर्यादाको धज्जी उडाउनु भएको छ ।”

जेनजी रमेश रावतले आनीको नियुक्ति बदर नभएसम्म आन्दोलन गरिरहने चेतावनी दिए । “खाँको गिरफ्तारीमार्फत कारोडौं राष्ट्रवादी नागरिकलाई बालेन सरकारले तर्साउन खोज्नु, लोकतन्त्रको उपहास हो, यसले हामी जेनजीलाई छुँदैन” रावतले भने ।

जेनजी शुनिल विकले आनीले आफूलाई वास्तविक बौद्धमार्गी दाबी गर्दै आफू नेपालमा जन्मेको झुटो स्पष्टिकरण तथा आफूमाथि लागेका तमाम आरोप झुट्टा भन्नु ‘दिनमै रात पार्नु’ सरह भएको बताए । “इण्डीयनहरुले बुद्ध आफ्नो देशको भन्नु र आनीले नेपालमा जेन्मेको भन्नु उस्तै हो, हामी त्यसलाई कदापी मान्दैनौं” विकले भने ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal