आज :

धनुषामा श्रीमतीको हत्या, श्रीमान् मृत फेला

  • अनलाइन डबली

धनुषा । धनुषामा धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या भएको छ भने श्रीमान् पनि झुण्डिएको अवस्थामा मृत फेला परेका छन्। घटनामा उनीहरूको चार वर्षीय छोरा घाइते अवस्थामा फेला परेका छन् ।

गणेशमान चारनाथ नगरपालिका–४, भरतपुरका ३५ वर्षीय उमेश यादवको शव झुण्डिएको अवस्थामा मिथिला बिहारी नगरपालिका–२ स्थित सिर्सिया जाने बाटोको दक्षिणपट्टि आँपको रुखमा फेला परेको छ । उक्त स्थानबाट १ किलोमिटर टाढा मिथिलेश्वरस्थित ससुरालीमा यादवको ३० वर्षीया श्रीमती रिना यादव पनि मृत अवस्थामा फेला परेकी छन् ।

उनीमाथि धारिलो हतियारले प्रहार भएको चोटहरु देखिएको धनुषा प्रहरीले जनाएको छ । त्यस्तै उनी दुबै जनाको चार वर्षीय छोरा सम्राट यादवमाथि पनि धारिलो हतियार प्रहार भई घाइते अवस्थामा फेला परेकोले उपचारका लागि जनकपुरस्थित प्रादेशिक अस्पताल पठाइएको जनाइएको छ ।

धनुषा प्रहरीका अनुसार घटना कात्तिक ८ गते बिहान करिब १ः५० बजे उक्त घटनाबारे सूचना प्राप्त भएपछि इलाका प्रहरी कार्यालय धनुषाधामबाट प्रहरी निरीक्षक राजेश कुमार शर्माको कमान्डमा टोली घटनास्थल पुगेको थियो। त्यहाँ रिनाको घाँटीमा धारिलो हतियारले काटिएको चोट रहेको र उनको मृत्यु भइसकेको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ।

घटनामा घाइते भएका बालक सम्राटको दाहिने तिघ्रामा काटिएको चोट लागेको छ। घटनास्थलबाट रगत लागेको चक्कु बरामद गरिएको प्रहरीले जनाएको छ।

प्रहरीले रिनाको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुर पठाएको छ। त्यस्तै उनको श्रीमान् झुण्डिएको अवस्थामा फेला परेको घटनास्थलको मुचुल्का तयार गर्ने कार्य भइरहेको र घटनाबारे थप अनुसन्धान जारी रहेको धनुषा प्रहरीले जनाएको छ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal