आज :

विराटनगर किङ्सले बागमती प्लास्टिकलाई बनायो अफिसियल होम पार्टनर

  • अनलाइन डबली

विराटनगर । नेपाल प्रिमियर लिग (एनपीएल) मा सहभागी विराटनगर किङ्सले बागमती प्लास्टिकलाई आफ्नो अफिसियल होम पार्टनरका रूपमा आबद्ध गरेको छ ।

साझेदारीसम्बन्धी विराटनगरमा आइतबार भएको सम्झौतामा बागमती प्लास्टिकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अमित राठी र विराटनगर किङ्सका निर्देशक स्वागत प्याकुरेलले हस्ताक्षर गरेका छन् ।

सम्झौता हस्ताक्षर समारोहमा विराटनगर किङ्सका मालिक पारस लुनियाले खेलकुदले मानिसलाई जोड्ने काम गर्ने बताए ।

उनले नेपाललाई अन्तर्राष्ट्रिय क्रिकेटको न्युट्रल भेन्युका रूपमा विकास गर्न सकिने सम्भावना रहेको उल्लेख गर्दै त्यसका लागि राज्यले खेलकुद पूर्वाधारमा लगानी गर्नुपर्नेमा जोड दिए ।

क्रिकेटको विकासका लागि निजी क्षेत्रसहित सबै पक्षको लगानी र सहकार्य आवश्यक रहेको लुनियाको भनाइ थियो । उनले खेलकुद क्षेत्रको विकासमा सामूहिक प्रयासले महत्वपूर्ण योगदान पु¥याउने विश्वास व्यक्त गरे ।

विराटनगर किङ्सका निर्देशक स्वागत प्याकुरेलले आगामी प्रतियोगिताका लागि टिमको तयारी राम्रो रहेको बताए । उनका अनुसार टिमले भारतमा अभ्यास गरिरहेको छ। उहाँले नेपाल प्रिमियर लिगको तेस्रो संस्करणमा विराटनगर किङ्सलाई उपाधि दिलाउने लक्ष्यका साथ तयारी अघि बढाइएको जानकारी दिए ।

बागमती प्लास्टिकसँगको साझेदारीले विराटनगर किङ्सको व्यावसायिक सहकार्यलाई थप विस्तार गर्ने अपेक्षा गरिएको छ ।

नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण आगामी कार्तिक ९ गतेदेखि मङ्सिर ५ गतेसम्म कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सञ्चालन हुनेछ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal