आज :

संवैधानीक इतिहासमा पहिलोपटक सभासदद्वारा मतदातालई सम्मानपत्र हस्तातरण हुँदै

  • अनलाइन डबली

काठमाडौं । संवैधानीक इतिहासमा पहिलोपटक सभासदद्वारा मतदातालई सम्मानपत्र हस्तातातररण गरिने भएको छ । संविधान सभा सदस्य कर्णजित बुढाथोकी ‘सुशिल’ले आफूलाई प्रचण्ड बहुमतद्वारा विजयी गराउने हुम्ला जिल्लाका मतदातालाई सम्मानपत्रले सम्मानित गर्ने जनाएका छन् ।

आजभन्दा १९ वर्ष अगाडि पहिलो संविधान साभा निर्वाचनमा कुल खसेको २३ हजार मतमध्ये बुढाथोकीले १३ हजार ३ सय १८ मत प्राप्त गरेर विजयी भएका थिए । तत्कालिन निर्वाचनमा उनका निकटतम प्रतिद्ववन्दी नेपाली काँग्रेसका नेता तथा हालका सह–महामन्त्री जीवन बहादुर शाहीलाई ८ हजार मतको विशाल मतान्तरले बुढाथोकी विजयी भएका थिए ।

हुम्लाभरीका ४८ वटा मतदान केन्द्रका जनतालाई आभार प्रकट गर्दै सो मतले कुनै न कुनै समयमा सार्थकता पाउने उनको विश्वास छ । आफूले जितेको समयमै संविधान बन्न सकेको भए देश र जनताले ठूलो न्याय पाउने अर्थात माओवादी र जनताले चाहेअनुरुपको संविधान बन्ने उनको कथन छ ।

सभासद बुढाथोकीले आफूलाई प्रचण्ड बहुमतले विजयी गराउने आफ्ना मतदाताको मत पार्टी, क्रान्ति र परिवर्तनतका लागि भएको र त्यसैको सम्मानमा सम्मानपत्र दिन लागेको अनलाईन डबलीलाई बताए ।

 

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal