आज :

पत्रकार किशोर श्रेष्ठलाई साइबर व्यूरोमा

  • अनलाइन डबली

काठमाडौं । पत्रकार किशोर श्रेष्ठलाई नेपाल प्रहरीको साइबर व्यूरोको टोलीले नियन्त्रणमा लिएर व्यूरोको कार्यालय भोटाहिटी लगेको छ ।

नेपाल पत्रकार महासंघका महासचिव राम प्रसाद दाहालका अनुसार श्रेष्ठलाई निजी निवास नख्खुबाट नै नियन्त्रण लिएको र ब्यूरोको कार्यालयतर्फ लगेको छ ।

तर साइबर ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक दीपक राज अवस्थीका अनुसार दुवै जनाविरुद्ध उजुरी परेकाले छलफलका लागि बोलाइएको हो । ‘छलफलका लागि बोलाएका हौं । अरु विषयमा बोल्ने फुर्सद छैन,’ अवस्थीले भने ।

तर पत्रकार श्रेष्ठले भने आफूलाई समाचारकै विषयमा सोधपुछ गर्ने क्रममा प्रहरी आफ्नो घरमा आएको बताए ।

रास्वपा नेता समेत रहेका कलाकार हिमेश पन्तले श्रेष्ठविरुद्ध शुक्रबार जाहेरी दिएका थिए । उनको परिवारले जग्गा कब्जा गरेको सम्बन्धी समाचारपछि जाहेरी परेको थियो । श्रेष्ठले पनि पन्तविरुद्ध साइबरमै उजुरी दिएका छन् ।

श्रेष्ठलाई नियन्त्रणमा लिएपछि नेपाल पत्रकार महासंघकी अध्यक्ष निर्मला शर्माले आपत्ति जनाएका छिन । ‘समाचार चित्त बुझेन भने साइबर ब्युरोमा उजुरी हाल्न लगाउने, २४ घन्टा नपुग्दै विदाको दिन पत्रकार प्रकाउ ! अधिनायकवादी,’ उनले सामाजिक संजालमा लेखेकी छिन् ।

महासंघका महासचिव दाहालले श्रेष्ठलाई नियन्त्रण लिएकोप्रति आपत्ति जनाए ।

‘जनआस्थामा छापिएको समाचारको विषयलाई लिएर प्रहरीले पत्रकार किशोर श्रेष्ठलाई पक्राउ गर्न खोज्नु निन्दनीय छ । समाचारको विषय हेर्ने क्षेत्राधिकार प्रेस काउन्सिल नेपालको हो भन्ने अहिलेको सरकारलाई जानकारी रहोस्,’ दाहालले सामाजिक संजालमा लेखेका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal