आज :

‘आ बाट आमा २’ आमा र छोराको कथा हो : अभिनेत्री थापा

  • अनलाइन डबली

भेषराज कार्की / 

काठमाडौँ । अभिनेत्री विपना थापा अभिनित फिल्म ‘आ बाट आमा २’ आजदेखि प्रदर्शन भएको छ । विजय दशमीलाई लक्षित गर्दै आजदेखि प्रदर्शन भएको उक्त फिल्ममा अभिनेत्री थापाले आमाको भूमिका निर्वाह गरेकी छिन् । अभिनेत्री थापाले फिल्म आमा र छोराको कथामा केन्द्रीत रहेको बताएकी छिन् ।

‘फिल्ममा दशैँ प्रसंग बलियो किसिमले राखिएको छ, सोही भएर नै यसलाई अहिले प्रदर्शन गरिएको हो । दशैँको जमरा र आमाको पर्खाइको कथा नै फिल्मको कथासार हो । यो फिल्मले दर्शकलाई भावनात्मक बनाउँछ’, उनले भनिन् ।

अभिनेत्री थापा कुनै समय नेपाली फिल्ममा बुहारीको भूमिकामा पर्फेक्ट देखिने चर्चा हुन्थ्यो । उनको फिल्मोग्राफी हेर्दा पनि ‘त त साह्रै बिग्रिस नि बद्री’ मा मात्र नकारात्मक भूमिका निर्वाह गरेकी छिन् । त्यसबाहेक उनी सुशील छोरी÷बुहारी कै भूमिकामा थिइन् । विवाहपश्चात फिल्मबाट झन्डै १७ वर्ष लामो विश्राम लिएकी अभिनेत्री थापा ‘ह्रस्व दीर्घ’ मार्फत पुनः अभिनयमा फर्किएकी हुन् । त्यसबाहेक उनले ‘आ बाट आमा’ र ‘आ बाट आमा २’ मा अभिनय गरेकी छिन् । उनी तीन फिल्ममै आमाको भूमिकामा देखिएकी छिन् ।

‘म अहिले नेपाल आएर अभिनय गरेको यो तेस्रो फिल्म प्रदर्शन हुँदैछ । संयोग नै भन्नुपर्छ सबैमा आमा बनेकी छु । मैले निर्वाह गर्नु पर्ने पात्रले फिल्मको कथामा पार्ने प्रभावलाई बुझेर काम गरिरहेकी छु’, उनले भनिन् ।

चन्द्र पन्तको लेखन तथा निर्देशनमा तयार भएको उक्त फिल्ममा अभिनेत्री थापासँगै पल शाह, मलिका महत, स्वर्गीय प्रदीप रावत, साइग्रेस पोखरेल र नरेन खड्कालगायत कलाकारको अभिनय रहेको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal