आज :

कांग्रेस खुला केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनको अग्रता, कुन उम्मेदवारको कति मत ?

  • अनलाइन डबली

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत खुला केन्द्रीय सदस्यको मतगणनामा चिरीबाबु महर्जनले अग्रता लिएका छन् । ५ हजार ४०० मतगणना हुँदा महर्जनले ४ हजार १४९ मत प्राप्त गरेका छन् ।

खुला केन्द्रीय सदस्यतर्फ ४५ जना निर्वाचित हुनेछन्। मतगणनाको पछिल्लो विवरणअनुसार निश्कल राई ३ हजार ८४० मतसहित दोस्रो र इन्द्रबहादुर बानियाँ ३ हजार ६४१ मतसहित तेस्रो स्थानमा छन् । प्रा.डा. गोविन्दराज पोखरेलले ३ हजार ४७८, जितनारायण श्रेष्ठले ३ हजार ३७१ र ई.मोहन आचार्यले ३ हजार २९० मत प्राप्त गरेका छन् ।

त्यस्तै, प्रवल थापाले ३ हजार २२६, गणेश लामाले ३ हजार ३४ र राजीव कोइरालाले ३ हजार २२ मत पाएका छन् । हिमाल दत्त श्रेष्ठले २ हजार ८४७, विद्वान गुरुङले २ हजार ६९१, डा. शोभाकर पराजुलीले २ हजार ६४०, ई.अमृत ज्ञावलीले २ हजार ५९१ र अर्जुनप्रसाद जोशीले २ हजार ५८० मत प्राप्त गरेका छन् ।

सन्दीप रानाले २ हजार ५१५, ई. नवराज त्रिपाठीले २ हजार ४७४, नरेन्द्रकुमार केरुङले २ हजार ४३७, भरतकुमार शाहले २ हजार ४३१, महेश खरेलले २ हजार ३४३ र मिन कृष्ण महर्जनले २ हजार ३३४ मत पाएका छन् ।

बलदेव तिमिल्सिनाले २ हजार ३१२, जन्मजय तिमिल्सिनाले २ हजार ३०३, ई। ऋषि कोइरालाले २ हजार २२६, युवराज पाण्डेयले २ हजार २२१, कुमार लुइँटेलले २ हजार १९९ र ई। दीपक बाबु कँडेलले २ हजार १६८ मत प्राप्त गरेका छन् ।

किरण के।सी।ले २ हजार १३२, उज्ज्वल प्रसाद बरालले २ हजार १२२, दीपक भट्टराईले २ हजार ७३, महेन्द्रकुमार शर्माले २ हजार १२, मदन कृष्ण श्रेष्ठले १ हजार ९९४, डा.मुकेशराज काफ्ले र डा. सुरज राज काफ्लेले समान १ हजार ९७९ मत पाएका छन् ।

प्रमोदहरि गुरागाईंले १ हजार ९५१, लेखनाथ पोखरेलले १ हजार ८९४, डा। कृष्णप्रसाद पौडेल र तिलकबहादुर रानाभाटले समान १ हजार ८९०, किरण किशोर घिमिरेले १ हजार ८७७, रवि सिंहले १ हजार ८६९ र डा. मुक्तिराम श्रेष्ठले १ हजार ८३४ मत प्राप्त गरेका छन् ।

प्रकाश सिंह कार्कीले १ हजार ८२६, प्रदिपकुमार सुनुवारले १ हजार ८२३, कृष्ण रिजाल र सुधान्सु कोइरालाले समान १ हजार ७५०, निलकण्ठ रिजालले १ हजार ७३७, कबिर राणाले १ हजार ६९२, श्यामकुमार घिमिरेले १ हजार ६६७ र सन्तोष सुब्बाले १ हजार ६६६ मत पाएका छन् ।

चित्रबहादुर के.सी.ले १ हजार ६५१, भीमप्रसाद ढुंगानाले १ हजार ६२०, टेकराज पौडेलले १ हजार ५९४, किशोर दत्त बरालले १ हजार ५८५, उत्तम जोशीले १ हजार ५७० र केशव थापाले १ हजार ५३९ मत प्राप्त गरेका छन् ।

मधुरा प्रसाद घिमिरेले १ हजार ४८४, अनिल कृष्ण प्रसाईंले १ हजार ४७९, भीम सिंह गुरुङ (भीम दाई)ले १ हजार ४७४, खडकबहादुर बुढाले १ हजार ३९६, छत्रबहादुर गिरीले १ हजार ३६४ र पुष्पबहादुर शाहले १ हजार ३४९ मत पाएका छन् ।

कविता तिवारी (गैह्रे)ले १ हजार ३४०, जगतप्रसाद जोशीले १ हजार ३३२, रमेश रायमाझी र राजेन्द्र खत्री के।सी।ले समान १ हजार ३१२, चिरञ्जिवी थापाले १ हजार ३१० र अष्टकुमार कवेले १ हजार २८६ मत प्राप्त गरेका छन् ।

खेलराज पाण्डेयले १ हजार २०७, इच्छुराम रानाले १ हजार १७५, तुलसीनारायण श्रेष्ठले १ हजार १६१, हरिप्रसाद आचार्यले १ हजार १५३, गोविन्दबहादुर शाह (शम्भु)ले १ हजार ११५, धर्मराज गौतमले १ हजार ११५ र दोर्णकुमार कुँवरले १ हजार ११२ मत पाएका छन् ।

गोरख (आनन्द) बिष्टले १ हजार १०८, केशवबहादुर चन्दले १ हजार ९०, सचित शर्माले १ हजार ६६, सकलदेव सत्तिहारले १ हजार ५१, राधाकृष्ण भण्डारी (राधे) र विष्णुकुमार कार्कीले समान १ हजार ३० मत प्राप्त गरेका छन् ।

दिलिपकुमार ढुंगानाले ९७२, दिलमान सिंह चन्दले ८९३, वीरमणि ढकालले ८५२, सुरेश सुवेदीले ७९५, पुष्पराज भट्टले ७७७, खेमराज ओलीले ७५७ र मुरारीप्रसाद आचार्यले ७३३ मत पाएका छन् ।

त्यस्तै, ऋषिप्रसाद शर्मा र प्रवीणकुमार सिंहले समान ६८१ मत प्राप्त गरेका छन् भने प्रभात मणि ओझा (प्रविण)ले ५८७ मत पाएका छन् ।

खुला केन्द्रीय सदस्यतर्फ ४५ जना निर्वाचित हुने भएकाले मतगणनाको अन्तिम परिणामले निर्वाचित हुने उम्मेदवारको टुंगो लगाउने छ । हालको विवरण मतगणना जारी रहँदाको परिणाम हो ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal