आज :

बुढीगण्डकी बाढी : गोरखामा ५ जना बेपत्ता, ९ विदेशीसहित ९५ जनाको हेलिकप्टरमार्फत उद्धार

  • अनलाइन डबली

काठमाडौं । गोरखाको चुमनुब्री गाउँपालिकास्थित सिर्दिङ्गे हिमालबाट खसेको ठूलो पहिरोले नदी थुनिएपछि बूढीगण्डकीमा भीषण बाढी आएको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार बाढीका कारण चुमनुब्री गाउँपालिका–६ चुम्चेतको उङ्लिङका २ महिला र ३ पुरुष गरी ५ जना सम्पर्कविहीन भएका छन् ।

बाढी प्रभावित क्षेत्रबाट नेपाली सेनाका ४ वटा हेलिकप्टर परिचालन गरी ९ जना विदेशी नागरिकसहित ९५ जनाको सकुशल उद्धार गरिएको छ । उद्धार तथा प्रतिकार्यका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका गरी कुल ७०३ जना सुरक्षाकर्मी परिचालन गरिएको छ ।

बाढीले विभिन्न स्थानीय तहमा ठूलो भौतिक क्षति पुर्‍याएको छ । प्राधिकरणको स्थिति प्रतिवेदनअनुसार बाढीका कारण २ वटा पक्की पुल, २ वटा झोलुङ्गे पुल र १ वटा बेलीब्रिज बगेका छन्। यसैगरी चुमनुब्रीमा ४३, धार्चेमा ३९, आरुघाटमा ६४ र धादिङको त्रिपुरासुन्दरी गाउँपालिकामा ५८ गरी कुल २०४ घरमा क्षति पुगेको छ। साथै १ विद्यालय, ३ जलविद्युत आयोजना, ४ वटा हवन कुण्ड, ४ वटा भेडिगोठ, १२ वटा बंगुरको खोर/गोदाम तथा गोरखा र धादिङका ११ वटा खानेपानी आयोजनामा समेत क्षति पुगेको छ।  सडक तथा हेलिकप्टरमार्फत प्रभावित क्षेत्रमा तत्काल पाल, टेन्ट, कम्बल, म्याट्रेस, स्लिपिङ ब्याग, ज्याकेट, खाद्यान्न र सोलार लाइट लगायतका अत्यावश्यक राहत सामग्री पठाइएको छ ।

जिल्ला प्रशासन कार्यालय गोरखाको विवरणका आधारमा चुमनुब्री, धार्चे र आरुघाट गाउँपालिकाका लागि २१ दिनलाई पुग्ने अनुमानित राहत सामग्रीको व्यवस्थापन प्रक्रिया अघि बढाइएको प्राधिकरणले जनाएको छ । घटनाको विस्तृत अध्ययनका लागि प्राधिकरणको नेतृत्वमा भूगर्भविद् र ड्रोनसहितको प्राविधिक टोली खटिएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal