आज :

पश्चिम नवलपरासीको बर्दघाट –७ स्थित बेलाहानी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको पाँचौँ वार्षिक साधारणसभा सम्पन्न

  • अनलाइन डबली

नवलपरासी । संस्थाका अध्यक्ष क्या.मानबहादुर थापाको अध्यक्षता तथा बर्दघाट नगरपालिकाका नगरप्रमुख शम्भुलाल श्रेष्ठको प्रमुख आतिथ्यतामा विशिस्ट अथिति राष्ट्रिय सानासहरी खानेपानि उपभोक्ता महासंघ का अध्यक्ष खेमराज ओलि लगायत सम्पन्न सभामा बोल्दै नगरप्रमुख श्रेष्ठले विशिष्ट अथिति महासंघ का अध्यक्ष खेमराज ओलि सबै उपभोक्ताको घरमा शुद्ध खानेपानी पुर्‍याउने लक्ष्यका साथ नगरपालिका अघि बढिरहेको बताउनु भयो।

नगरप्रमुख श्रेष्ठले नगर क्षेत्रका साढे आठ हजार घरधुरीमा ‘एक घर, एक धारा’ पुर्‍याउने अभियानलाई तीव्रता दिइएको उल्लेख गर्दै खानेपानीको मुहानदेखि उपभोक्ताको मुखसम्म स्वच्छ र गुणस्तरीय पानी पुर्‍याउनु आवश्यक रहेको बताउनुभयो। उहाँले खानेपानी नागरिकको नैसर्गिक अधिकार भएको भन्दै धारा जडान गर्न नसक्ने विपन्न उपभोक्तालाई नगरपालिकाले अनुदान उपलब्ध गराएर भए पनि धारा जडान गर्ने स्पष्ट पार्नुभयो।

कार्यक्रमका विशिष्ट अतिथि राष्ट्रिय साना सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघका केन्द्रीय अध्यक्ष खेमराज वलीले खानेपानी नागरिकको संवेदनशील मौलिक अधिकार भए पनि सरकारले यसलाई पर्याप्त प्राथमिकतामा राख्न नसकेको बताउनुभयो। उहाँले खानेपानीको जस्तो मोहोतो पूर्ण चिज को साधारण सभा सरकार को तर्फबाट मन्त्री विभागीय प्रमुख बोलाउदा उपस्थिति नाहुनु गय उपभोक्ता समितिले पैसा माग्छन् भनेर कार्यक्रम उपस्थिति नहुनु सरकार गयर जिम्मेवारी हुदा उपभोक्ता संस्थाहरूले मात्रै ठूलो जिम्मेवारी वहन गर्नुपरेको उल्लेख गर्दै स्वास्थ्य र शिक्षाभन्दा पनि खानेपानीलाई प्राथमिकतामा राख्नुपर्ने धारणा व्यक्त गर्नुभयो।

संस्थाका संस्थापक अध्यक्ष तथा सल्लाहकार बृहस्पति अधिकारीले चालु आर्थिक वर्षभित्र थप बोरिङ जडान गरी सबै उपभोक्ताको घरमा शुद्ध खानेपानी पुर्‍याउन सके महत्वपूर्ण उपलब्धि हुने बताउनुभयो। उहाँले संस्थाको विकास र विस्तारका लागि आवश्यक सहयोग गर्न आफू सधैँ तयार रहेको प्रतिबद्धता पनि व्यक्त गर्नुभयो।

सभामा संस्थाका अध्यक्ष मानबहादुर थापाले प्रस्तुत गर्नुभएको प्रतिवेदनमा संस्थाको कार्यक्षेत्र भित्रका अति विपन्न ५० घरपरिवारलाई २० प्रतिशत छुटमा धारा जडान गर्ने, आवश्यक खानेपानी मिटर खरिद गर्ने, ‘एक घर, एक धारा’ अभियानलाई निरन्तरता दिन पाइप खरिद गर्ने तथा खानेपानी सुरक्षा योजनाअन्तर्गतका कार्यक्रम सञ्चालन गर्ने भावी योजना रहेका छन।

त्यसैगरी, संस्थाका सचिव वन्दुराज पौड्यालले सचिवको प्रतिवेदन प्रस्तुत गर्दै उपभोक्तालाई स्वच्छ खानेपानी वितरण गर्न संस्था प्रतिबद्ध रहेको बताउनुभयो। उहाँले पानीमा रहेका हानिकारक तत्वलाई निष्क्रिय पार्न स्किम नम्बर २ अन्तर्गत कञ्चनपुर र पाल्डाँडामा डोजिङ मेसिनको व्यवस्था गरिने जानकारी दिनुभयो।

संस्थाका कोषाध्यक्ष कृष्ण क्षेत्रीले आर्थिक वर्ष २०८२/०८३ को आयव्यय विवरण प्रस्तुत गर्दै उक्त अवधिमा एक करोड आठ लाख ४४ हजार रुपैयाँ आम्दानी र एक करोड तीन लाख एक हजार रुपैयाँ खर्च भएको जानकारी दिनुभयो। उहाँका अनुसार संस्थाले उक्त आर्थिक वर्षमा पाँच लाख ४३ हजार छ सय ३४ रुपैयाँ खुद बचत गरेको छ। संस्थाको कुल आयव्यय विवरण दुई करोड ४० लाख नौ हजार रुपैयाँ बराबर रहेको पनि उहाँले जानकारी गराउनुभयो।
लेखा सुपरिवेक्षण समितिका संयोजक नदीकेशर शर्माले संस्थाको हिसाब किताब लेखाका सिद्धान्तअनुसार राखिएको र संस्था पारदर्शी ढङ्गले अघि बढिरहेको बताउनुभयो।

कार्यक्रममा बर्दघाट नगरपालिका वडा नम्बर १ का वडाध्यक्ष सन्दीप सापकोटालगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो। संस्थाका उपाध्यक्ष विशाल अधिकारीले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रमको सञ्चालन सचिव वन्दुराज पौड्यालले गर्नुभएको थियो।

२०६६ सालमा स्थापना भएको बेलाहानी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले २०७७ सालदेखि खानेपानी वितरण गर्दै आएको छ। संस्थाले हालसम्म करिब दुई हजार दुई सय ५८ घरधुरीमा धारा जडान गरिसकेको छ। चारवटा डिप बोरिङ तथा चार सय ५० र दुई सय २५ घनमिटर क्षमताका दुईवटा ओभरहेड ट्याङ्कीमार्फत संस्थाले उपभोक्तालाई चौबीसै घण्टा खानेपानी वितरण गर्दै आएको छ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal