आज :

गोरखाको चुमनुब्रीमा पहिरोले थुनिएको बूढीगण्डकी नदी पुनः बग्न थाल्यो

  • अनलाइन डबली

गोरखा । गोरखाको चुमनुब्री गाउँपालिका–६ स्थित लोक्पा र चुम्लिङबीच ठूलो पहिरो खस्दा थुनिएको बूढीगण्डकी नदी पुनः बग्न थालेको छ । नदी थुनिएको स्थानबाट पानी बग्न थालेपछि ठूलो बाढी आएको सूचना प्राप्त भएको नेपाल प्रहरीले जनाएको छ ।

प्राप्त जानकारीअनुसार आज बिहान ५ः३० बजे पहिरोका कारण बूढीगण्डकी नदी थुनिएको सूचना प्राप्त भएको थियो । लगत्तै प्रहरी चौकी सिर्दिबास र प्रहरी चौकी चुम्चेतबाट प्रहरी टोली घटनास्थलतर्फ खटिएको थियो ।

नदी थुनिएपछि तटीय क्षेत्रमा हुन सक्ने जोखिमलाई मध्यनजर गर्दै नदी किनारमा रहेका प्रहरी युनिट तथा स्थानीय बासिन्दालाई सतर्क गराइएको थियो ।

बिहान ६ः१५ बजेदेखि थुनिएको स्थानबाट पानी बग्न थालेको र त्यसपछि ठूलो बाढी आएको जानकारी प्राप्त भएको प्रहरप्ले जनाएको छ ।

क्षतिको विवरण आउन बाँकी

घटनाबाट भएको सम्भावित क्षतिबारे हालसम्म थप विवरण प्राप्त नभएको प्रहरीले जनाएको छ । बाढीले तटीय क्षेत्रमा पु¥याएको क्षति तथा मानवीय क्षतिबारे यकिन विवरण आउन बाँकी छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal