आज :

बुढीगण्डकीमा बाढी : तीन पालिकामा घर तथा पुलमा क्षति, पाँच गोठाला सम्पर्कविहीन

  • अनलाइन डबली

काठमाडौं । गोरखाको चुमनुब्री गाउँपालिका–३ क्षेत्रमा बूढीगण्डकी नदीमा आएको बाढीले विभिन्न स्थानमा घर, झोलुङ्गे पुल तथा मोटरेबल पुलमा क्षति पु¥याएको छ । प्रारम्भिक जानकारीअनुसार बाढीले चुमनुब्री, आरुघाट र धार्चे गाउँपालिकाका विभिन्न क्षेत्रमा क्षति गरेको छ भने पाँच जना गोठाला सम्पर्कविहीन भएका छन् ।

गोरखाका पत्रकार शिव उप्रेतीका अनुसार चुमनुब्री गाउँपालिका–६ स्थित उङ्गिलुङ खोलामा राति करिब ४ बजे पहिरो खसेर खोला थुनिएको र त्यसपछि आएको बाढीले बूढीगण्डकी नदीको जलसतह बढाएको हो। बाढीले नदी आसपासका बस्ती तथा पूर्वाधारमा क्षति पु¥याएको उनले जानकारी दिए।

प्रारम्भिक विवरणअनुसार चुमनुब्री गाउँपालिका–३ को सल्लेरीमा रहेको ३४१ मेगावाट क्षमताको बूढीगण्डकी जलविद्युत् आयोजनाको क्याम्प बाढीले बगाएको छ। त्यस्तै, भ्याको झोलुङ्गे पुल, फिलिम र न्याक्चेत जोड्ने झोलुङ्गे पुल तथा ठाडो भञ्ज्याङको झोलुङ्गे पुलमा पनि क्षति पुगेको छ।

बाढीले जगत बगरका नौ वटा, सल्लेरीका पाँच वटा र ठाडो भञ्ज्याङका तीन वटा घर बगाएको प्रारम्भिक जानकारी प्राप्त भएको पत्रकार उप्रेतीले बताए।

त्यसैगरी, आरुघाट गाउँपालिकाका वडा नम्बर १ र ३ जोड्ने मान्बु–सोती मोटरेबल पुल तथा धार्चे गाउँपालिकाका वडा नम्बर १ र ३ जोड्ने दोभान खोलाको बेलीब्रिज पनि बाढीले बगाएको छ। आरुघाट गाउँपालिका र धादिङको त्रिपुरासुन्दरी गाउँपालिका जोड्ने आरुघाटस्थित मोटरेबल पुलमा समेत क्षति पुगेको छ।

यसैबीच, उङ्गिलुङ खोलाको किनारमा रहेको गोठमा बस्दै आएका पाँच जना गोठाला सम्पर्कविहीन रहेको स्थानीय दिपेश लामाले जानकारी दिएको पत्रकार उप्रेतीले बताए । बाढीबाट भएको क्षति तथा सम्पर्कविहीन व्यक्तिहरूबारे थप विवरण आउन बाँकी छ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal