आज :

सोह्र श्राद्ध समापन, आज औँसी श्राद्ध

  • अनलाइन डबली

काठमाडौं । दिवंगत पितृको सम्झनामा गरिने सोह्र श्राद्ध आज औँसी तिथिसँगै समापन हुँदैछ । आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्षको अन्तिम दिन आज दिवंगत पितृका नाममा तर्पण, सिदादान र पिण्डदान गरी श्राद्ध गरिँदैछ ।

पितृ पक्षको अन्तिम दिन गरिने औँसी श्राद्धलाई विशेष महत्त्वका साथ लिइन्छ । पितृ पक्षका अन्य तिथिमा कुनै कारणवश श्राद्ध गर्न नसकेका व्यक्तिले आज श्राद्ध गर्नुपर्ने शास्त्रीय मान्यता रहेको छ ।

आज पनि श्राद्ध गर्न नसकिएमा आश्विन शुक्ल प्रतिपदादेखि पञ्चमीसम्म श्राद्ध गर्न सकिने व्यवस्था छ । यस अवधिमा पनि गर्न नसकिए कार्तिक कृष्ण औँसी अर्थात् लक्ष्मीपूजाका दिन श्राद्ध गर्न सकिने शास्त्रीय मान्यता छ ।

पितृका नाममा गरिने धार्मिक कर्मका लागि काठमाडौं उपत्यकाको गोकर्णेश्वर उत्तरगया, नुवाकोट र रसुवाको सङ्गमस्थल बेत्रावती, देवघाट र त्रिवेणीलगायत तीर्थस्थलमा श्रद्धालुको भीड लाग्ने गर्छ ।

पितृ पक्षमा आश्विन कृष्ण प्रतिपदादेखि आमावास्यासम्मका १५ तिथि र आश्विन शुक्ल प्रतिपदाको मातामह श्राद्ध गरी १६ तिथिमा श्राद्ध गरिने भएकाले यसलाई सोह्र श्राद्ध भनिन्छ । मातामह अर्थात् आमाको बुबाको श्राद्ध भने आश्विन शुक्ल प्रतिपदाका दिन गरिन्छ ।

सोह्र श्राद्ध समापनसँगै हिन्दू नेपालीको प्रमुख चाड बडादशैँ सुरु भएको छ । असोज २५ गते घटस्थापनासँगै दुर्गा पक्ष अर्थात् बडादशैँ सुरु हुनेछ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal