आज :

सडक भासिएपछि पृथ्वी राजमार्गमा सवारीसाधन आवागमन पूर्ण रूपमा बन्द

  • अनलाइन डबली

धादिङ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरी गाउँपालिका–५ गलौदीमा साँझ ६ बजे  सडक भासिएपछि  सवारीसाधन आवागमन पूर्ण रूपमा बन्द गरिएको छ ।

त्रिशूली नदीको कटानका कारण सडक भासिएपछि सम्भावित दुर्घटना रोक्न अर्को सूचना जारी नभएसम्मका लागि सवारी आवागमन बन्द गरिएको जिल्ला प्रशासन कार्यालय धादिङले जनाएको छ ।

जिल्ला प्रशासन कार्यालय धादिङले सूचना जारी गर्दै उक्त राजमार्ग भएर सञ्चालन हुने सम्पूर्ण सवारीसाधनको आवागमन पूर्ण रूपमा रोकिएको जनाएको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी अनिल पौडेलका अनुसार अर्को सूचना जारी नभएसम्म सवारी आवागमन बन्द गरिएको हो । सडक अवरुद्ध भएसँगै राजमार्ग हुँदै काठमाडौँ भित्रिने तथा बाहिरिने सवारीसाधन प्रभावित भएका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal