काठमाडौं । नेपालीहरूको महान् पर्व बडादसैँ, तिहार, छठ पर्व तथा नेपाल संवत्को पावन अवसरमा आपसी सद्भाव, भाइचारा, एकता तथा सामाजिक सहकार्यलाई थप सुदृढ बनाउने उद्देश्यले राष्ट्रिय जेनजी–नागरिक अभियानले शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गर्न लागेको संयोजक सुनिल सिंहले जनाएका छन् ।
अभियानद्वारा जारी कार्यक्रमसम्बन्धी पोस्टरअनुसार कार्यक्रम २०८३ साल असोज २५ गते विहान ११ बजे काठमाडौंको माइतीघरस्थित कार्की ब्याङ्क्वेटमा आयोजना हुनेछ ।
विभिन्न चाडपर्व तथा नयाँ वर्षका अवसरमा आपसी सद्भाव र सामाजिक एकतालाई प्रवद्र्धन गर्ने लक्ष्यसहित आयोजना गर्न लागिएको कार्यक्रममा शुभकामना आदानप्रदानका साथै सामाजिक सहकार्य र भाइचाराको भावना अभिवृद्धि गर्ने अपेक्षा गरिएको छ ।
राष्ट्रिय जेनजी–नागरिक अभियान आयोजक रहेको उक्त कार्यक्रमले विविधता र आपसी सम्मानलाई आत्मसात् गर्दै नेपाली समाजमा एकता, सहिष्णुता र सहकार्यको सन्देश प्रवाह गर्ने विश्वास लिइएको छ ।


अनलाइन डबली



