आज :

मोरङ–६ कांग्रेस अधिवेशनमा झडप, मनोनयन प्रक्रिया प्रभावित

  • अनलाइन डबली

विराटनगर । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत मोरङ क्षेत्र नम्बर ६ मा भइरहेको अधिवेशनका क्रममा बुधबार झडप भएको छ। झडपका कारण मनोनयन दर्ता प्रक्रिया प्रभावित भएको छ।

सुन्दरहरैँचा–४ स्थित सिक्देल बन्धु समन्वय प्रतिष्ठानमा मनोनयन दर्ताका क्रममा विवाद भएपछि झडप भएको हो। झडपमा केही व्यक्ति घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय मोरङका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मकेन्द्रकुमार मिश्रका अनुसार घाइतेलाई उपचारका लागि विराटनगरस्थित नोबेल टिचिङ अस्पताल ल्याइएको छ।

प्रतिनिधिको नामावलीमा एक महिलाको नाम समावेश नभएको विषयबाट विवाद सुरु भएको बताइएको छ। माइन्युट लेख्ने क्रममा ती महिलाले आफ्नो नाम नपरेको विषयमा कुरा राखेपछि केही व्यक्तिहरू आएर तोडफोड गरेको बताइएको छ।

झडपका क्रममा क्षेत्रीय सभापतिका उम्मेदवार चुमनारायण तबदार, चेतराज रेग्मी र समुन्द्र पोखरेललगायतलाई कुटपिट गरिएको बताइएको छ। घटनाका क्रममा कुर्सीसमेत तोडफोड भएको छ।

झडपपछि निर्वाचन प्रक्रिया रोकिएको छ। निर्धारित मनोनयन दर्ता प्रक्रिया प्रभावित भएपछि अब मनोनयन कहिले र कसरी अघि बढाउने भन्ने विषयमा अन्योल देखिएको छ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal