आज :

जनकवि दुर्गालाल श्रेष्ठलाई ‘अक्षर महर्षि’को पदवी अर्पण

  • अनलाइन डबली

काठमाडौं । काठमाडौं महानगरपालिकाकी कार्यवाहक नगर प्रमुख सुनिता डङ्गोलले जनकवि दुर्गालाल श्रेष्ठलाई ‘अक्षर महर्षि’को पदवी अर्पण गरेकी छन् ।

मंगलबार आयोजित जनकवि दुर्गालाल श्रेष्ठ स्मृति समारोहमा बोल्दै डङ्गोलले श्रेष्ठ आफूहरूमाझ नै रहेको अनुभूति भइरहेको बताइन् । उनले श्रेष्ठका कृति, कविता र उहाँबाट प्रेरित पुस्तामार्फत उहाँ सदैव समाजको आवाज बनिरहने बताइन् ।

उनले भनिन्, ‘हामी माझ नै हुनुहुन्छ जस्तो लाग्छ । आजको यो कार्यक्रम उहाँसँगै नै हामीले गर्ने योजना बनाएका थियौँ। यद्यपि, यो कार्यक्रममा आज अक्षर आसनमा हामीसँगै आसिन हुनुभएको महसुस गरिरहेका छौँ । उहाँले लेख्नुभएको कृतिहरूमार्फत उहाँ जीवित हुनुहुन्छ। उहाँका कविताहरूमा उहाँ निरन्तर बगिरहनुहुन्छ । र, उहाँले प्रेरणा दिनुभएका थुप्रै पुस्ताहरूमार्फत उहाँ सदैव समाजको आवाज बनिरहनुहुनेछ ।’

कार्यक्रममा उनले जनकवि श्रेष्ठप्रति सम्मान व्यक्त गर्दै ‘जनकवि, अक्षर महर्षि दुर्गालाल श्रेष्ठ सम्मान’ घोषणा गरेकी थिइन् ।

सम्मानपत्र वाचन गर्दै उनले भनिन्, ‘आठ दशकसम्म अविछिन्न अक्षर र शब्दको पवित्र साधना, कवितालाई जीवन दर्शन, गीतलाई जनजनको कीर्तन, भाषालाई आत्मा निवास र लेखनलाई जीवनको एकमात्र आराधना बनाउनुभएका जनकवि दुर्गालाल श्रेष्ठप्रति अक्षर यात्रा दशक आठ ससम्मान हार्दिक कृतज्ञता व्यक्त गर्दछ ।’

उनले श्रेष्ठको सुदीर्घ अक्षर साधना, भाषाप्रतिको समर्पण, पुस्तान्तरणसम्म विस्तारित सिर्जनात्मक प्रभाव र साहित्यलाई मानवीय संवेदनासँग जोड्ने योगदानको उच्च मूल्याङ्कन गर्दै ‘अक्षर महर्षि’को पदवी अर्पण गरिएको बताइन् ।

उनले श्रेष्ठका सिर्जनाले नेपाली तथा नेवारी साहित्य र समाजमा पारेको प्रभाव लामो समयसम्म स्मरणीय रहने बताइन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal