आज :

करिब चार महिना पछि सुकेटार विमान स्थलमा हवाई उडान

  • अनलाइन डबली

ताप्लेजुङ । प्रतिकुल मौसमका कारणले करिब चार महिना पछि ताप्लेजुङको सुकेटारमा सोमबारदेखि हवाई उडान सुरु भएको छ । फुङलिङमा रहेको सुकेटार विमानस्थलमा करिब चार महिनापछि सोमबारदेखि काठमाडौँ–ताप्लेजुङ–काठमाडौँ उडान सुरु भएको हो ।

वर्षायाम सुरु भएसँगै भिजिबिलिटी कम भएपछि गत जेठ २२ गतेदेखि उडान हुन सकेको थिएन । सुकेटार विमानस्थलका एयर ट्राफिक कन्ट्रोलर दिलीप राजवंशीका अनुसार बारम्बार लागिरहने हुस्सु तथा कुहिरोले भिजिबिलिटी कम हुँदा ताप्लेजुङमा ४ महिनासम्म उडान अवरुद्ध भएको थियो । ताप्लेजुङबाट काठमाडौँ प्रस्थान गर्ने ६ जना र काठमाडौँबाट ताप्लेजुङ आउने १२ जना यात्रु प्रभावित भएका थिए ।

अहिले मौसममा क्रमशः सुधार आएकाले उडान सुरु भएको नेपाल वायु सेवा निगम ताप्लेजुङ स्टेसन इन्चार्ज नारायणकुमार कार्कीले जानकारी दिनुभयो ।

दशैँतिहार नजिकिएसँगै परिवारसँग पर्व मनाउन साथै आफन्त भेटघाटका लागि जिल्ला भित्रिने तयारीमा रहेका तथा अति आवश्यक कार्यका लागि जिल्ला बाहिरिने नागरिक हर्षित भएका छन् । त्यस्तै ताप्लेजुङ घुम्न आउने सिजन समेत सुरु भएकै समयमा हवाई उडान सञ्चालन हुँदा यातायात व्यवसायी तथा होटल व्यवसायी समेत हर्षित देखिएका छन् ।

सोमबार ताप्लेजुङबाट काठमाडौँ पाँच जना प्रस्थान गरेका छन् भने काठमाडौँबाट १३ जना यात्रु ताप्लेजुङ आएको स्टेसन इन्चार्ज कार्कीले जानकारी दिनुभयो ।

यसअघि साताको सोमबार, बुधबार र शुक्रबार हुँदै आएको उडान अबदेखि सोमबार, बिहीबार र शनिबारका लागि सारिएको छ । ताप्लेजुङबाट काठमाडौँ प्रस्थान गर्ने यात्रुका लागि हाल १२ हजार ७० रुपियाँ र काठमाडौँबाट ताप्लेजुङ आउनेका लागि १२ हजार २७० रुपियाँ भाडादर निर्धारण गरिएको निगमले जनाएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal