आज :

मनाङको ताल गाउँ डुबानमा, माथिल्लो क्षेत्रसँग सम्पर्क विच्छेद

  • अनलाइन डबली

काठमाडौं । मनाङको नासोँ गाउँपालिका–१ स्थित ताल गाउँमा मस्र्याङ्दी नदीको बहाव गाउँतर्फ पस्दा बस्ती डुबानमा परेको छ । विद्युत् र इन्टरनेट सेवा अवरुद्ध भएपछि ताल गाउँभन्दा माथिल्लो क्षेत्रसँग सम्पर्क हुन सकेको छैन ।

नासोँ गाउँपालिका अध्यक्ष धनबहादुर गुरुङका अनुसार मस्र्याङ्दी नदीको बहाव अस्वाभाविक रूपमा बढेपछि पुल आसपासको क्षेत्रमा पानीको निकास अवरुद्ध भएको थियो । त्यसपछि नदीको बहाव फर्किएर गाउँभित्र पसेको हो ।

उनका अनुसार प्रारम्भिक जानकारीअनुसार ताल गाउँका चारदेखि पाँच घरधुरी प्रभावित भएका छन् । थप क्षतिको विवरण भने अझै आउन सकेको छैन । विद्युत् र सञ्चार सेवा अवरुद्ध भएकाले ताल गाउँभन्दा माथिल्लो बस्तीको अवस्थाबारे जानकारी लिन कठिन भएको अध्यक्ष गुरुङले बताए । त्यहाँ रहेका स्थानीयसँग सम्पर्क हुन नसकेकाले थप क्षतिको यकिन विवरण आउन बाँकी रहेको उनले बताए ।

नासोँ गाउँपालिका मनाङको लमजुङसँग जोडिएको दक्षिणी प्रवेश क्षेत्र भएकाले अहिले उपलब्ध जानकारी ताल गाउँसम्म सीमित रहेको गाउँपालिकाले जनाएको छ । माथिल्लो क्षेत्रको अवस्था बुझ्न प्रयास भइरहेको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal