आज :

मलङ्गवा सबस्टेसन डुबानमा, विद्युत् सेवा अवरुद्ध

  • अनलाइन डबली

सर्लाही । लगातारको वर्षाका कारण मलङ्गवास्थित नेपाल विद्युत् प्राधिकरणको सबस्टेसन डुबानमा परेपछि विद्युत् सेवा अवरुद्ध भएको छ । सबस्टेसन डुबानमा परेसँगै आज बिहान करिब ४ बजेदेखि मलङ्गवा लगायत १० वटा स्थानीय तहमा विद्युत् आपूर्ति बन्द भएको हो ।

हालसम्म पनि सबस्टेसन डुबानमै रहेकाले पानीको निकास भएपछि मात्र विद्युत् प्रसारण पुनः सञ्चालन गर्न सकिने नेपाल विद्युत् प्राधिकरण, मलङ्गवा वितरण शाखाका प्राविधिक इन्जिनियर सौरभ साहले जानकारी दिए ।

कन्ट्रोल कोठामा समेत पानी पसेका कारण विद्युत् वितरणमा कठिनाइ भएको उनले बताए । मोटर पम्पबाट पानीको निकासीको काम भइरहेको जानकारी दिए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal