आज :

मुगुमा आगलागी हुँदा दुई घर जलेर नष्ट

  • अनलाइन डबली

सुर्खेत । मुगुको खत्याड गाउँपालिका–२ सेरी गाउँमा आगलागी हुँदा दुई वटा घर पूर्णरूपमा जलेर नष्ट भएका छन् । आगलागीमा सिपचन्द्र बुढा र धन बुढाका घर जलेर नष्ट भएका हुन् ।

आगलागीबाट भएको क्षतिको विवरण संकलन तथा घटनाको मुचुल्का तयार गर्न जिल्ला प्रशासन कार्यालय मुगुले टोली घटनास्थलमा खटाएको जनाएको छ ।

कर्णाली प्रदेशका मुख्यमन्त्री मंगलबहादुर शाहीले आगलागीबाट भएको क्षतिप्रति दुःख व्यक्त गर्दै पीडित परिवारलाई आवश्यक राहत तथा क्षतिपूर्तिको व्यवस्था गर्न प्रदेश सरकारका तर्फबाट पहल गरिने बताए ।

घटनाको विस्तृत क्षतिको विवरण मुचुल्का तयार भएपछि खुल्ने जनाइएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal