काठमाडौं । राष्ट्रिय जागरण अभियानका संयोजक जनक परियार ११ दिनपछि रिहा भएका छन् । गत भदौ २७ गते गिरफ्तार भएका परियारलाई सर्बोच्च अदालतले साधारण तारिखमा रिहा गर्न आदेश दिएको हो ।
साईबर अपराध कसुरको अभियोगमा गिरफ्तार परेको भोलिपल्टै अर्थात भदौ २९ गते सर्बोच्च अदालतमा बन्दिप्रत्यक्षीकरणको रिट हलेपछि अदालतेले सरकारलाई कारण देखाउको आदेश दिएको थियो ।
परियारको पक्षमा वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र अधिवक्ता यमकुमारी ददेलले बहस गरेका थिए ।
भदौ २७ गते राष्ट्रिय जागरण अभियानको आयोजनामा संवाद डबलीमा समसामयीक राजनीतिक विषयमा कार्यक्रम सम्पन्न गरिसकेपछि साँझा ५ः४५ बजे डबली प्राणङगण अनामनगरबाट प्रहरी परिसर भद्रकालीको टोलिले गिरफ्तार गरेको थियो ।
यसअघि जेठ १५ गते गणतन्त्र दिवसकै दिन प्रहरी परिसर भद्रकालीले गिरफ्तार गरेको थियो । एकप्तापछि सर्बोच्च अदालतले तरेखमा छाड्न आदेश दिएपछि रिहा भएका थिए । उनले भरखरै मात्र तारेख थामेर आएको र मंसिर २२ गतेको लागि अदालत उपस्थित हुने तारेख लिएर आएका थिए ।


अनलाइन डबली

