आज :

जेनजी आन्दोलनका घाइतेको माग सम्बोधन गर्न सांसद राईको सरकारसँग आग्रह

  • अनलाइन डबली

काठमाडौं । श्रम संस्कृति पार्टीका सांसद आरेन राईले जेनजी आन्दोलनका घाइते तथा सहिद परिवारका माग तत्काल सम्बोधन गर्न सरकारसँग आग्रह गरेका छन् ।

सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद राईले जेनजी आन्दोलनपछि उनीहरूका माग पूरा गर्ने प्रतिबद्धतासहित बनेको सरकारले नै जेनजीका मागलाई बेवास्ता गरिरहेको आरोप लगाए ।

उनले भने, ‘जेनजी आन्दोलन पछाडि जेनजीहरुको माग पुरा गर्छौं भनेर बनेको सरकारले जेनजीहरुकै मागहरुलाई बेवास्ता गरिरहेको कुरा विर्सन लायक छ म सरकारलाई प्रश्न गर्न चाहन्छु ।’

उनले छातीमा गोली लागेर घाइते भएका विवेक दनुवार अहिले झापाको बिर्तामोडमा विभिन्न माग राख्दै अनशनमा बसेको बताए ।

राईले अनशनरत घाइतेहरूलाई निःशुल्क र गुणस्तरीय उपचारको व्यवस्था गर्नुपर्ने, हालसम्मको उपचारमा लागेको सम्पूर्ण खर्च राज्यले व्यहोर्नुपर्ने तथा घाइतेका लागि उचित क्षतिपूर्ति र जीवनयापनको व्यवस्था गर्नुपर्ने बताए ।

त्यस्तै, घाइते तथा उनीहरूका परिवार र सहिद परिवारका लागि निःशुल्क शिक्षाको व्यवस्था गर्नुपर्ने, सार्वजनिक यातायातमा घाइतेहरूलाई विशेष छुट दिनुपर्ने तथा घाइते र सहिद परिवारको माग सम्बोधन गर्न विशेष कानुन निर्माण गर्नुपर्ने बताए ।

उनले भने, ‘घाइतेहरूलाई निःशुल्क गुणस्तरीय उपचारको व्यवस्था गरियोस्। हालसम्मको उपचारमा लागेको सम्पूर्ण खर्च राज्यले बेहोर्नुका साथै घाइतेहरूका लागि उचित क्षतिपूर्ति तथा जीवनयापनको व्यवस्था गरियोस् । घाइते र घाइतेका परिवार तथा सहिद परिवारका लागि निःशुल्क शिक्षा प्रदान गरियोस् । सार्वजनिक यातायातमा घाइतेहरूका लागि विशेष छुटको व्यवस्था गरियोस् । घाइते तथा सहिद परिवारलाई सम्बोधन गर्न विशेष कानुन निर्माण गरियोस् ।’

उनले सरकारले जेनजी आन्दोलनका घाइते तथा सहिद परिवारका मागलाई गम्भीरतापूर्वक लिएर तत्काल सम्बोधन गर्नुपर्नेमा जोड दिए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal