आज :

घाइते र मुद्दा खेपिरहेका जेनजी युवालाई तत्काल न्याय दिन सरकारसँग सांसद पाठकको माग

  • अनलाइन डबली

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद प्रकाश पाठकले जेनजी आन्दोलनका घाइते तथा मुद्दा खेपिरहेका युवालाई तत्काल न्याय र आवश्यक व्यवस्थापनको व्यवस्था गर्न सरकारसँग माग गरेका छन् ।

सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद पाठकले आन्दोलनका घाइतेहरूले उपचार, क्षतिपूर्ति तथा दीर्घकालीन व्यवस्थापनलगायत माग राखेर झापामा ६ दिनदेखि आमरण अनशनमा बसेको बताए ।

उनले भने, ‘जेनजी आन्दोलनका घाइतेहरुले उपचार, क्षतिपूर्ति र दिर्घकालिन व्यवस्थापनको माग राख्दै ६ दिनदेखी झापामा अनशन सुरु गरेका छन् । पेटमा गोली लागेका तथा आन्दोलनमा गम्भिर घाइते भएका जेनजी युवाहरु परिचय पत्रको व्यवस्था र निशुल्क शिक्षा लगायत माग राखी आमरण अनशनमा बसेका हुन् ।’

उनले पेटमा गोली लागेका तथा आन्दोलनका क्रममा गम्भीर घाइते भएका जेनजी युवाहरूले परिचयपत्रको व्यवस्था र निःशुल्क शिक्षालगायत माग राख्दै अनशन सुरु गरेको बताए ।

पाठकले झापामा जेनजी आन्दोलनका क्रममा प्रहरीको गोली लागेर गोपाल सेढाई र दिनेश राजवंशीको मृत्यु भएको तथा १०८ जना घाइते भएको बताए । घाइतेमध्ये ४३ जनाले मात्रै परिचयपत्र पाएको उनको भनाइ छ ।

उनले भने, ‘झापामा जेनजी आन्दोलनका क्रममा प्रहरीको गोली लागि गोपाल सेढाई र दिनेश राजवंशीको निधन भएको थियो । १०८ जना घाइते भएका थिए । घाइतेमध्ये ४३ जनाले मात्र परिचयपत्र पाएका छन् ।’

उनले एउटै आन्दोलनमा मृत्यु भएकालाई सहिदको दर्जा दिइँदा घाइते तथा मुद्दा खेपिरहेका युवाको अवस्थाप्रति सरकार गम्भीर हुनुपर्ने बताए ।

एउटै आन्दोलनमा निधन भएकाहरू सहिद र बाँचेकाहरू अपराधी कसरी हुन सक्छन् भन्दै उनले प्रश्न गरे ।

उनले भने, ‘एउटै आन्दोलनमा निधन भएकाहरु सहिद र बाँचेकाहरु अपराधी कसरी हुन सक्छन् ? जेनजी आन्दोलनलाई राजनैतिक आन्दोलनका रुपमा स्वीकार गरेर घाइते तथा मुद्दा लागेका युवाहरुलाई ढाडस दिन सरकार किन सकिरहेको छैन ?’

जेनजी आन्दोलनलाई राजनीतिक आन्दोलनका रूपमा स्वीकार गर्दै घाइते तथा मुद्दा खेपिरहेका युवालाई सरकारले आवश्यक सहयोग र ढाडस दिनुपर्नेमा उनले जोड दिए । जेनजी आन्दोलनका घाइते तथा मुद्दा खेपेकाहरूले तत्काल न्याय पाउँछन् कि पाउँदैनन् उनले सरकारसँग प्रश्न गरे ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal