काठमाडौँ । भोटेकोशीमा एक्कासी आएको भिषण बाढीले रसुवाको वेत्रावती र ढुंगे बजार पूर्णरुपमा बगाएको स्थानीयले बताएका छन् ।
बुधबार विहान करिब ९ बजेतिर एक्कासी आएको बाढीले बेत्रावतीदेखि ढुङ्गे बजारसम्मको क्षेत्रमा रहेका करिब ३०० देखि ४०० वटा घरहरू बगेका र केही बचेका पनि पूर्णरुपमा क्षति भएको बताइएको छ ।
बाढी आउने समयमा मानिसहरु घरभित्रै रहेकोले ठूलो मानवीय क्षति भएको हुन सक्ने अनुमान गरिएको छ ।
बाढीको पूर्वसूचना पाएर वा समयमै भाग्न सफल भएका केही स्थानीयहरू माथिल्लो भेगमा पुगेर ज्यान जोगाउन सफल भएका छन् । सुचनाको छोटो समयमै बाढी बजार क्षेत्रमा प्रवेश गरेका कारण सबै भाग्न सफल नभएको अनुमान गरिएको छ ।
बाढीले बेत्रावती र ढुङ्गे बजारको अस्तित्व नै मेटिाइदिएको छ भने उत्तरगयाको कार्यालय भवनसमेत बगाएको स्थानीयले जानकारी दिएका छन् ।


अनलाइन डबली

