कपिलवस्तुको विजयनगर गाउँपालिका–४ जगदिशपुरबाट पेस्तोलसहित तीन जना पक्राउ परेका छन् ।
कृष्णनगर नगरपालिका ८ बहादुरगन्जका गाउँघरमा स्थानीयलाई डरधम्की देखाउँदै पेस्तोल बोकेर हिँडिरहेको भन्ने सूचनाका आधारमा खोजी अभियान चलाउँदा उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा कृष्णनगर नगरपालिका–५ डबरा निवासी २३ वर्षीय आशिष पाण्डे, कृष्णनगर नगरपालिका–८ दयानगर निवासी २१ वर्षीय जितेन्द्र मौर्या र १९ वर्षीय विनोद कश्यप रहेका छन् ।
उनीको साथबाट एक थान पेस्तोल र उनीहरुले प्रयोग गर्ने लु। ६१ प। ७०७२ नम्बरको मोटरसाइकल बरामद गरिएको इलाका प्रहरी कार्यालय गणेशपुरका प्रमुख प्रहरी निरीक्षक महेश कुमार आचार्यले बताउनु भयो ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


अनलाइन डबली

