आज :

१८ वर्षीय युवक मृत फेला

  • अनलाइन डबली

दैलेखमा एक युवक आफ्नै डेराको कोठामा मृत अवस्थामा फेला परेका छन् ।

जिल्ला प्रहरी कार्यालय दैलेखका अनुसार नारायण नगरपालिका–६ स्थित डेराको कोठामा बस्दै आएका बाँकेको बैजनाथ गाउँपालिका–७ घर भएका अन्दाजी १८ वर्षीय युवक शनिबार राति मृत अवस्थामा फेला परेका हुन् ।

प्रहरीका अनुसार शनिबार साँझ खाना खाएर सुतेका युवक आइतबार बिहान करिब ८ः५० बजेसम्म नउठेपछि घरबेटीले उठाउन खोजेका थिए । बोलाउँदा पनि नउठेपछि अचेत अवस्थामा रहेको भन्दै घरबेटीले प्रहरीलाई खबर गरेका थिए ।

सूचना पाएलगत्तै प्रहरी घटनास्थल पुगेको थियो । घटनास्थलमा पुगेको प्रहरीले युवकलाई मृत अवस्थामा फेला पारेको प्रहरी कार्यालय दैलेखका प्रहरी निरीक्षक ऋषिकेश गौतम जानकारी दिनुभयो । शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल दैलेखमा पठाइने प्रहरी निरीक्षक ऋषिकेश गौतम हरिजनको भनाइ छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal