आज :

मैदानबाट भाग्ने वा लुकेर बस्ने समय होइन, एकताबद्ध हुने बेला हो : राजेन्द्र लिङदेन

  • अनलाइन डबली

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनले मुलुकमा आम नागरिक, निजी क्षेत्र र व्यवसायीहरू असुरक्षित तथा आतंकित अवस्थामा रहेको बताएका छन् ।

शनिबार राप्रपाको काठमाडौं महानगरपालिका नगर अधिवेशनमा बोल्दै उनले दैनिक ज्याला मजदुरी गरेर परिवारको जीविका चलाउनेदेखि आफ्ना छोराछोरीको भविष्य सुरक्षित बनाउने सपना बोकेर मेहनत गरिरहेका नागरिक अहिले सबैभन्दा बढी असुरक्षित भएको दाबी गरेका हुन् ।

उनले भने, ‘मानिस दैनिक ज्याला मजदुरी गरेर आफ्ना छोराछोरीलाई राम्रो शिक्षादिक्षा दिने र उनीहरूको भविष्यमा आफ्नो बुढ्यौली दिनहरु सुरक्षित देख्ने परिकल्पनाका साथ रगत पसिना बगाएका र भर्खरै नयाँ चुनावमा नयाँ पार्टीलाई भोट दिएका मानिसहरू आज सबैभन्दा धेरै असुरक्षित भएका छन् । सबैभन्दा बढी आतकिंत भएका छन् ।’

उनले हालैको निर्वाचनमा नयाँ राजनीतिक दललाई मत दिएका आम नागरिकसमेत अहिले निराश र आतंकित रहेकोे बताए । उनले मुलुकमा महँगी बढेको, बजारमा कृत्रिम अभाव सिर्जना भएको र निजी क्षेत्र निराश रहेको दाबी गरे ।

उनले देश गम्भीर भू–राजनीतिक चक्रव्यूहमा फसेको भन्दै यसबारे खुलेर बोल्न सक्ने राजनीतिक शक्ति नदेखिएको बताए । ‘मुलुक भू–राजनीतिको गम्भीर चक्रभ्यूमा फसेको छ । कसैले बोल्न सकिरहेका छैनन् । जनता वा देशका लागि हामी छौ भनेर भन्न सक्ने कुनै राजननीतिक शक्ति देखिरहेको छैन्,’ उनले भने ।

देशलाई संकटबाट मुक्त गर्न राप्रपा बलियो बन्न आवश्यक रहेको उनले बताए । उनले पार्टी नयाँ ढंग, नयाँ सोच र नयाँ दृष्टिकोणका साथ जनतामाझ जानुपर्नेमा जोड दिए ।

उनले भने, ‘राष्ट्रिय प्रजातन्त्र पार्टीले लिएको विचार, बाटो अनिवार्य जस्तो प्रमाणित हुँदै गएको छ । यस्तोबेला मैदानबाट भाग्ने होइन । मैदान छाडेर लुक्ने होइन । सबै एकतावद्ध भएर अगाडि बढ्ने समय हो ।’

लिङदेनले राप्रपाले लिएको विचार र अघि सारेको बाटो समयक्रममा सही प्रमाणित हुँदै गएको दाबी गर्दै मैदानबाट भाग्ने वा लुकेर बस्ने समय नभएको बताए । उनले पार्टीका नेता तथा कार्यकर्तालाई एकताबद्ध भएर अघि बढ्न आह्वान गरे ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal