आज :

भीमदत्त पन्तको बलिदानलाई खेर जान दिनेछैनौंः राजेन्द्र पाण्डे

  • धनन्जय बुढा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका नेता राजेन्द्र पाण्डेले भीमदत्त पन्तको बलिदानलाई खेर जान नदिन निरन्तर क्रान्तिमा लागि रहने जनाएका छन् । आईतबार राजधानीको संवाद डबलीमा अखिल नेपाल किसान महासंघद्वारा आयोजित कार्यक्रममा वक्ताहरुले वर्तमान सरकार किसानप्रति अनुदार रहेको समेत आरोप लगाएका छन् ।

३५औं किसान सहिद दिवस तथा ७३औं भीमदत्त पन्त स्मृति दिवसको सन्दर्भमा नेकपाका केन्द्रीय संयोजन समितिका सदस्य राजेन्द्र पाण्डेले सहिद भीमदत्त पन्त नेपाली किसान आन्दोलनको एक योद्धा भएको बताए । किसन र गरिब मजदुरका पक्षमा संघर्ष गर्दागर्दै सहादत प्राप्त गरेको र आफ्नो पार्टीले पन्तको बलिदनको रक्षा गर्ने पाण्डेले जनाए ।

बागमति प्रदेश पूर्व मुख्यमन्त्रीसमेत रहेका पण्डेले ‘देश र जनताको सेवा गर्नेहरुको मृत्यु पहाडभन्दा गह्रौं हुन्छ’ भन्ने माओत्सेतुङको भनाईलाई उद्धृद गर्दै पन्त नेपाली आम किसानहरुको महान प्रेरक व्यक्तित्व रहेको धारणा राखे । पाण्डेले सहिद भीमदत्त पन्तको जीवनीमा आधारित चलचित्र ‘भीमदत्त पन्त’ चलचित्रले नयाँ पीँडीमाझ पन्तलाई जीवन्त बनाउन सघाउने जिकिर गरे । निर्माता नवल खड्कालाई सो चलचित्र बनाएकोमा धन्यवादसमेत दिए ।

कार्यक्रममा ‘भीमदत्त पन्त’ चलचित्रका नायक तथा निर्माता नवल खड्काले नेपाल किसान तथा सर्वहारा जनताको वास्तविक नायक भीमदत्त पन्त रहेको धारणा राखे । पन्त जस्तै महान सहिदहरुको योगदानलाई वर्तमान सरकारले अबमूल्यन गर्न खोजिरहेको आरोपसमेत लगाए ।

वर्तमान सरकारका प्रधानमन्त्री बालेन्द्र साहले ‘नेपालले पनि भारतको सीमा मिचेको छ’ भन्ने अभिव्यक्तिले हरेक देशभक्तलाई विद्रोही भाव पैदा गरेको भन्दै आक्रोश व्यक्त गरे ।
“हामी एक टुक्रा पनि भूमि विदेशीलाई दिने छैनौं, म बालेनलाई च्यालेन्ज दिन्छु– तपाईको राष्ट्रघाति कदम र सोचलाई खारानी बनाउन नपरोस्” खड्काले भने ।

अखिल नेपाल किसान महासंघका संयोजक चित्र बहादुर श्रेष्ठले भीमदत्त पन्तको जीवनी बारे प्रस्ट पार्दै, नेपाली किसान आन्दोलनका अग्रणी योद्धा रहेको धारणा राखे ।

महासंघका सहसंयोजक रामकुमार ज्ञवालीले पन्त नेपाली किसान आन्दोलनका प्रेरणाको स्रोत भएको बताए ।

महासंघका नेता नहेन्द्र खड्काले भीमदत्त पन्तको योगदान र बलिदानलाई हरेक किसान तथा उत्पीडित वर्गले विर्षन नहुने धारणा राखे । आफूहरुले पन्तको बाटो अबलम्बन गर्ने प्रयास गरिरहेको र त्यसलाई निरन्तरता दिदै जाने पनि बाताए ।

सो कार्यक्रममा नायक तथा निर्माता नवाल खड्कालाई ‘कलाकार सम्मान’ले सम्मानित गरिएको थियो । त्यसैगरी किसान संघसंगठनसँग जोडिएका सहिद तथा वेपत्ता योद्दा परिवारका सदस्यहरु मीना तामाङ, शान्ता न्यौपाने, खिलमाया सापकोटा, विष्णुमाया नेपाल, बिमला विश्वकर्मा र नवराज लुईटेललाई सम्मान गरिएको थियो ।

कार्यक्रममा नेपाली कम्युनिस्ट पार्टीका नेताहरु भानुभक्त जैसी, बलराम बाँस्कोटा, बलदेव चौधरी, देवराज रेग्मी, अगस्त अधिकारी, डा.केशव खड्का र पासाङ मोक्तान लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal