आज :

कर्णाली प्रदेशको नेतृत्व नेकपा युवा नेता शाहीको काधमा !

  • अनलाइन डबली

काठमाडौँ । कर्णाली प्रदेश सरकारको नेतृत्व पुनः नेकपाले गर्ने भएको छ । नेकपा र नेकपा एमालेबीच भएको सहमतिअनुसार कर्णालीको मुख्यमन्त्रीमा नेकपाका युवा नेता मंगल शाहीले जिम्मेवारी समाल्ने भएका छन् ।

मुख्यमन्त्री यामलाल कडेँलले राजिनामा दिएसँगै नयाँ मुख्यमन्त्रीको लागि दाबीका लागि आज बेलुका ५ बजेसम्मको समयसीमा तोकिएको छ ।

प्रदेश प्रमुख यज्ञराज जोशीले शनिबार प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेश सभाका सदस्यलाई आज साँझ ५ः०० बजेभित्र मुख्यमन्त्री पदका लागि दाबी पेस गर्न आह्वान गरेका थिए ।

नेकपा र एमालेबीच मुख्यमन्त्री विषयमा संयुक्त बैठक बसेर नेकपा संसदीय दलका नेता मङ्गलबहादुर शाहीलाई समर्थन गर्ने नेताहरुले बताएका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal