आज :

आजबाट नयाँ आर्थिक बर्ष सुरुः नागरिकको थाप्लोमा करको भारी, गरिबको चुलो बल्न गारो ?

  • अनलाइन डबली

काठमाडौँ । आजबाट नयाँ आर्थिक बर्ष सुरु भएको छ । बालेन नेतृत्वको सरकारले ल्याएको आर्थिक वर्ष २०८३÷०८४ पनि आजबाट कार्यान्वयन हुने भएको छ ।

संविधानमा स्वास्थ्य र शिक्षालाई मौलिक हक भन्दै निःशूल्क हुने भनिएपनि बालेन सरकारले शिक्षा र स्वास्थ्यमा पहिलोपटक नयाँ कर लगाएको छ । जुन आजदेखि सक्रिय हुनेछन् ।

आर्थिक ऐन, २०८३ अनुसार बिरामी वा उपचार गर्ने व्यक्तिले अस्पताललाई तिर्ने हरेक रकममा ३ प्रतिशत स्वास्थ्य समता शुल्क लाग्नेछ । त्यस्तै, विद्यार्थीको नाममा निजी विद्यालयले लिने हरेक शुल्कमा पनि ३ प्रतिशत शिक्षा समता शुल्क लाग्नेछ ।

बालेन सरकारले करको दायरा विस्तार गर्दै नयाँ कर शीर्षकका रूपमा कार्यान्वयनमा ल्याएको हो ।

त्यसैगरी आजबाटै विद्युत र राइड सेयर सेवामा पहिलोपटक मूल्य अभिवृद्धि कर (भ्याट) लागू भएको छ । अघिल्लो प्रचण्ड नेतृत्वको सरकारले छुट दिएको विद्युत कर पनि बालेन सरकारले बढाएको छ । अब ५० युनिट विद्युत प्रयोग गर्नेहरुले पाँच प्रतिशत थप कर तिर्नुपर्ने भएको छ ।

ऋाजदेखि सेयर र घरजग्गा कारोबारमा पुँजीगत लाभकरको नयाँ दर, आयकरको नयाँ सीमा तथा केही अन्य करसम्बन्धी व्यवस्था पनि भएका छन् ।

सरकारले जेठ १५ गतेदेखि आन्तरिक उत्पादन प्रवद्र्धन तथा संरक्षण शुल्क (डिपिएफ) र स्वच्छ पूर्वाधार लगानी शुल्क लागू गरिसकेको छ ।

बलेन सरकारले कृषि सामग्री, दुग्धजन्य उत्पादन तथा केही घरायसी वस्तुमा अन्तःशुल्क हटाएर डिपिएफ लगाएको छ । अन्तःशुल्कभन्दा डिपिएफको दर बढी छ । त्यस्तै, टेलिभिजन, मोबाइल, फ्रिज, वासिङ मेसिनलगायत केही घरायसी वस्तुमा पनि यो शुल्क लगाइएको छ ।

बालेन सरकारले आयकरका सीमा पनि बढाएको छ । नयाँ व्यवस्थाअनुसार अब १० लाख रुपैयाँसम्मको आम्दानीमा १ प्रतिशत, १० देखि १५ लाखसम्म १० प्रतिशत, १५ देखि २५ लाखसम्म २० प्रतिशत, २५ देखि ४० लाखसम्म २७ प्रतिशत र त्यसभन्दा माथिको आम्दानीमा २९ प्रतिशत कर लाग्नेछ। यसअघि ६ वटा तहमा १ प्रतिशतदेखि ३९ प्रतिशतसम्म कर लाग्ने व्यवस्था थियो । अहिले करका तह पाँचमा सीमित गरिएका छन् भने माथिल्लो दर २९ प्रतिशतमा झारिएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal