काठमाडौँ । कर्णाली नदीमा भएको फोर्स गाडी दुर्घटनामा एकजनाको शव फेला परेको छ । सुर्खेतबाट कालिकोट जाँदै गरेको क.प्र.०२–००१ ख १०५५ नम्बरको फोर्स गाडी विहीबार दिउँसो दुर्घटना भएको हो ।
प्रहरीका अनुसार गाडी दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिका–७ साङ्गेताडास्थित कर्णाली राजमार्गबाट करिब ६००–७०० मिटर तल कर्णाली नदीमा खसेर दुर्घटनामा थियो ।
सशस्त्र प्रहरी बल, नेपाल गुल्म दैलेख, माथिल्लो कर्णाली जलविद्युत् आयोजना सुरक्षा बेस र प्रहरी चौकी पाल्तडाबाट उद्धार टोली दुर्घटनास्थल पुगेको थियो ।
दुर्घटनास्थलबाट करिब ४०० मिटर तल भिरमा अड्किएको अवस्थामा एक पुरुषको शव फेला परेको प्रहरीले जनाएको छ ।
गाडीमा कति जना सवार थिए भन्ने विवरण अझै खुलेको छैन । अन्य यात्रुको खोजी तथा उद्धार कार्य जारी रहेको प्रहरीले जानकारी दिएको छ ।


अनलाइन डबली

