आज :

रास्वपाले महाधिवेशन निर्वाचनका लागि प्रस्तावक–समर्थक सम्बन्धी मापदण्ड सार्वजनिक

  • अनलाइन डबली

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी राष्ट्रिय महाधिवेशनअन्तर्गत हुने निर्वाचन प्रक्रियाका लागि उम्मेदवारका प्रस्तावक र समर्थक सम्बन्धी मापदण्ड सार्वजनिक गरेको छ ।

पार्टीको केन्द्रीय निर्वाचन आयोगले मंगलबार जारी गरेको विज्ञप्तिअनुसार सभापति पदका उम्मेदवारले उम्मेदवारी मनोनयन फारम दर्ता गर्दा एक जना प्रस्तावक र कम्तीमा ५१ जना समर्थकको नाम, सम्पर्क नम्बर तथा हस्ताक्षर अनिवार्य रूपमा समावेश गर्नुपर्नेछ ।

त्यस्तै, पार्टीका पदाधिकारी तथा केन्द्रीय सदस्य पदका उम्मेदवारले एक जना प्रस्तावक र कम्तीमा २१ जना समर्थकको विवरण र हस्ताक्षरसहित उम्मेदवारी दर्ता गर्नुपर्ने व्यवस्था गरिएको छ ।

निर्वाचन आयोगले एक व्यक्तिले एकभन्दा बढी उम्मेदवारको प्रस्तावक बन्न नपाउने स्पष्ट पारेको छ । तर, समर्थकको हकमा भने एक व्यक्तिले एकभन्दा बढी उम्मेदवारको उम्मेदवारी फारममा समर्थकका रूपमा हस्ताक्षर गर्न सक्ने व्यवस्था गरिएको छ ।

यसैगरी, उम्मेदवारका प्रस्तावक वा समर्थक बन्ने व्यक्ति अनिवार्य रूपमा महाधिवेशन प्रतिनिधिको सूचीमा समावेश भएको पार्टी सदस्य हुनुपर्ने जनाइएको छ । साथै, कुनै उम्मेदवारको प्रस्तावक वा समर्थक बनेको व्यक्ति स्वयं उम्मेदवार बन्न नपाउने व्यवस्था पनि गरिएको छ । रास्वपाले महाधिवेशन निर्वाचनलाई व्यवस्थित, पारदर्शी र निष्पक्ष बनाउन आवश्यक नियम तथा मापदण्ड सार्वजनिक गर्दै निर्वाचन प्रक्रियालाई थप व्यवस्थित बनाउने तयारी गरेको जनाएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal