आज :

सरकारको हनिमुन पिरियडमा योजना र कार्यान्वयन कमजोर देखियो : सांसद सिद्धिकी

  • अनलाइन डबली

काठमाडौं । नेकपा (एमाले)की सांसद साजिदा खातुन सिद्धिकीले सरकारको १०० दिने कार्यकालमा उपलब्धिभन्दा कमजोरी र विवादका विषय बढी देखिएको टिप्पणी गरेकी छन् ।

हनिमुन पिरियड सिद्धिँदै गर्दा सरकारका उपलब्धि र कमजोरीलगायत समसामयिक राजनीतिक विषयमा अन्तक्र्रिया कार्यक्रममा बोल्दै उनले सरकारको योजना निर्माण र कार्यान्वयन प्रभावकारी हुन नसकेको बताइन् ।

सिद्धिकीले संसद्मा प्रधानमन्त्रीले दिएको नेपाल–भारत सीमा सम्बन्धी अभिव्यक्तिप्रति असन्तुष्टि जनाउँदै त्यसले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तहमा बहस सिर्जना गरेको बताइन् ।

‘यदि देशको प्रधानमन्त्रीले नेपाल र नेपालीलाई सुरक्षित राख्न सक्नुहुन्न, राष्ट्रिय स्वाभिमानको रक्षा गर्न सक्नुहुन्न भने राजीनामा दिएर जानुस्, हामीलाई केही फरक पर्दैन,’ उनले भनिन् ।

सुकुम्बासी तथा भूमिहीन नागरिकको व्यवस्थापनमा सरकार असफल भएको आरोप लगाउँदै उनले डोजर प्रयोग गरेर बस्ती हटाउनु समाधान नभएको बताइन् । प्रभावित नागरिकहरू अहिले पनि होल्डिङ सेन्टरमा कष्टकर जीवन बिताउन बाध्य रहेको उनको भनाइ थियो ।

‘साँच्चिकै सुकुम्बासीलाई व्यवस्थित बसोबासको व्यवस्था गर्नुपर्ने थियो। तर सरकारले डोजर चलाएर बस्ती भत्कायो, होल्डिङ सेन्टरमा राख्यो, तर दीर्घकालीन समाधान दिन सकेन,’ सिद्धिकीले भनिन् ।

उनले सरकारले मानव अधिकार, महिला अधिकार, बालअधिकार तथा ज्येष्ठ नागरिकका अधिकारको संरक्षण गर्न नसकेको आरोप समेत लगाइन् ।

अर्थतन्त्रतर्फ संकेत गर्दै सिद्धिकीले सरकारले ऋण, कर तथा भ्याटको भार बढाएको आरोप लगाइन् । शिक्षा, स्वास्थ्यलगायतका क्षेत्रमा पनि सरकारको नीति प्रभावकारी हुन नसकेको उनको भनाइ थियो ।

‘जहिले पनि पर्फेक्ट रिजल्ट ल्याउन पर्फेक्ट प्लान चाहिन्छ । तर सरकारको योजना र कार्यान्वयनबीच तालमेल देखिएको छैन,’ उनले भनिन् ।

सिद्धिकीले विपक्षी दलको भूमिका सरकारका कमजोरी औंल्याउने र जनताका आवाज उठाउने भएको उल्लेख गर्दै सरकारलाई कमजोरी सच्याएर परिणाममुखी काम गर्न आग्रह गरिन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal