काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । शुक्रबार सार्वजनिक गरिएको नतिजाअनुसार नियमिततर्फ ६९.७५ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका छन् ।
वैशाख १४ बाट २७ गतेसम्म सञ्चालन भएको परीक्षामा चार लाख १८ हजार १७० परीक्षार्थी सहभागी थिए । बोर्डका अनुसार नियमिततर्फ तीन लाख ३२ हजार २४१ र आशिंक तर्फ ८५ हजार ९२९ विद्यार्थी परीक्षामा सहभागी भएका थिए ।
कक्षा १२ को परीक्षामा एक लाख चार सय ७१ जना नन ग्रेडेड अर्थात् अनुत्तीर्ण भएको बोर्डले जानकारी दिएको छ । त्यस्तै, नियमिततर्फ ३० र आंशिकतर्फ १० गरी ४० जनाको परीक्षा रद्द गरिएको छ ।
जसमध्ये दुईजनाको पपरीक्षा रद्द हुनुका साथै थप एकवर्ष बोर्डबाट सञ्चालन हुने कुनै पनि परीक्षामा सहभागी हुन नपाउने कारबाही गरिएको बोर्डले जनाएको छ ।
यसरी हेर्न सकिन्छ नतिजाः



अनलाइन डबली

