आज :

हिरासतबाट छुटे लगत्तै बालेन सरकारलाई जेनजीले दिए चेतावनीः अब थप अक्रामक बन्छौं

  • अनलाइन डबली

काठमाडौं । ७ दिनको हिरासतको बसाइपछि रिहा भएका राष्ट्रिय जेनजी नागरिक अभियानका अजय सोडारी र विर्जन विश्वकर्माले आफूहरुलाई राज्यले कानुन विपरित थुनेको बताएका छन् । विहिवार राजधानीको संवाद डबलीमा पत्रकार सम्मेलनको आयोजना गरी उनिहरुले राष्ट्रिय स्वाधीनताको पक्षका आवाज बन्द गर्न नसक्ने चेतावनी दिएका छन् ।

अभियानका संयोजक सुनिल सिंहले आफ्ना साथिहरुमाथि राज्यको गैरन्यायीक कदमको निन्दा गरे । सिंहले जतिजति राज्यले आफ्ना नैसर्गिक तथा मौलिक अधिकार हनन् गर्न खोज्छ त्यति नै कडारुपले सडकमा उत्रने चेतावदी दिए ।

वर्तमान सरकारले राष्ट्रको पक्षमा भन्दा जनता दमन गर्नेतिर लागेको बताउँदै सिंहले भने,“सक्छौ भने सेना र प्रहरीलाई सुस्तामा भारतिय हस्तक्षेप विरुद्ध उतार, हैनभने हामीलाई नजिस्क्याउ ।”

अभियानका सहसंयोजक सोडारीले आफूहरुलाई गैर कानुनीरुपमा ७ दिन हिरासतमा राखेर ठूलो गल्ति गरेको भन्दै आक्रोश व्यक्त गरे । सोडारीले बालेन सरकारले आफ्ना गलत कदमहरुलाई ढकाछोप गर्न राष्ट्रवादीहरुमाथि धरपकड बढाएको आरोप लगाएका छन् । “बालेन आफैले संसदमा राष्ट्रघाति स्टेटमेन्ट दिए, गृहमन्त्री आफैले कालो धन थुपारेका छन्, रास्वपा जस्तो विवादित पार्टीले हाम्रा आवाजलाई बन्द गर्न सक्दैन” सोडारीले भने ।

अभियानका प्रवक्ता विर्जन विश्वकर्माले गैरन्यायीक हिरासतमा राखेर जेनजीहरुलाई थप आक्रोशित तुल्याएको बताए । उनले नेपाली जनताको जनजीवीकाको बारेमा ध्यान दिने भन्दा सत्ता जोगाउन नागरिकमाथि दमन र राष्ट्रघाति कदमलाई बढावा दिएको आरोप लगाए । विश्वकर्माले आफूहरुलाई हिरासतमुक्त गराउने अधिवक्ता, अदालतलगायत प्रत्यक्ष–अप्रत्यक्षरुपमा सहयोग गर्ने सबैलाई धन्यवाद दिए ।
सचिव प्रकाश बमले सरकारले गैर कानुनी रुपमा आफ्ना साथिहरुलाई गिरफ्तार गरेको र न्यायालयले मुक्त गराएकोमा अदालतमाथि सम्मान भाव पलाएको बताए । राष्ट्रको पक्षमा बोल्नु अपराध नभएको र नागरिकको राष्ट्रिय कर्तब्य भएको बताउँदै बमले भने,“यदि मातृभूमिको राक्षा गर्न आवाज उठाउनु अपराध हो भने त्यस्ता अपराध हजारौपटक गर्न तयार छौं ।”

अधिवक्ता किर्तिनाथ शर्मा पौडेल सरकारले जेनजीलाई संविधान र ऐन–कानुन विपरित हिरासतमा राखेको भन्दै आक्रोश व्यक्त गरे । उनले प्रधानन्त्री स्वयमले गैरकानुनीरुपमा राष्ट्रहित विपरित बोलेकोले कानुनी कारबाही हुनुपर्ने माग गरे ।

अधिवक्ता विकास भट्टराईले राष्ट्र, राष्ट्रियता र जनतन्त्रका विषयमा आवाज उठाउन संविधान प्रदत्त अधिकार राज्यले कुण्ठित गर्नु पनि अपराध भएको जिकिर गरे ।

अभियान्ता सुप्रिया नेपालीले राज्यले आफूहरुका राष्ट्रवादी आवाजहरुलाई दमन गरे थप आक्रामक बन्ने चेतावदी दिइन् ।

अभियान्ता हरिकृष्ण गजुरेलले जनतालाई दमन गर्नेकार्यलाई नरोको बालेन सरकारको सत्ता गिराउने चेतावनी दिए ।

जेनजी रमेश रावतले आफूहरुलाई जतिजति राज्यले दमन बढाउँछ त्यति नै आफूहरु आक्रामक बन्ने चेतावनी दिए ।

जेनजी सुनिल विकले आफ्ना साथिहरुकमाथि सराकारी झुट्टा मुद्धाले आफूहरुलाई आक्रोशित तुल्याएको बताए ।

भारतिय सीमा सुरुक्षा बल (एसएसबी)ले नेपाली भूमि सुस्त क्षेत्रमा प्रवेश गरी आतंक सिर्जना गरको भन्दै गत जैठ २९ गते अभियानले विरोध कार्यक्रम सम्पन्न गरेपस्चात घर जाने क्रममा काठमाडौंको कालोपुल क्षेत्रबाट सोडारी र विश्वकर्मालाई प्रहरीले गिरफ्तार गरेको थियो ।

प्रहरीले अभद्र व्यवहारको मुद्धा लगाएर थुनामा राखेको थियो, सो गैरन्यायीक थुना विरुद्ध असार १ गते सर्बोच्च अदालतमा बन्दिप्रत्यक्षीकरण सम्बन्धि रिट हालेका थिए । आजै अदालतले हिरासत मुक्तको आदेश दिएको थियो ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal