आज :

इरान-अमेरिकाबीच १४ बुँदे सहमति ! इरानको हात माथि, अमेरिकाले ३०० अर्ब डलर इरानलाई दिने

  • अनलाइन डबली

काठमाडौँ । अमेरिका–इरानबीच भएको भनिएको सहमतिको केही बुँदा सार्वजनिक भएका छन् । गोप्य राखिएको सम्झौता पत्रका केही बुँदा इरानी सञ्चारमाध्यमहरुले सार्वजनिक गरेका हुन् ।

प्रारम्भिक समझदारी पत्रका अत्यन्तै संवेदनशील तथा महत्वपूर्ण बुँदाहरू इरानको चर्चित समाचार एजेन्सी ‘मेहर न्यूज’ ले सार्वजनिक गरेको हो । समाचारमा भनिएअनुसार उक्त प्रस्तावित सम्झौतामा मुख्य गरी १४ वटा बुँदाहरू रहेका छन् । मुख्य बुँदाको टुंगो लागेको र केही थप हुन सक्ने बताइएको छ ।

मेहर न्यूजका अनुसार सम्झौताको पहिलो र सबैभन्दा महत्वपूर्ण सर्त लेबनानसहित युद्ध जारी रहेका सबै मोर्चाहरूमा तत्काल र स्थायी युद्धविराम लागू गर्नुपर्ने रहेको छ । इरानले वार्ता र संवादको सुरुदेखि नै राख्दै आएको एजेण्डा हो यो । इरानले लेबनानमा हिजबुल्लाह विरुद्ध भइरहेको इजरायली आक्रमण नरोकिएसम्म अमेरिकासँग कुनै सम्झौता नगर्ने अडान राख्दै आएको थियो ।

त्यसैगरी अर्को महत्वपूर्ण बुँदा अमेरिका र उसका सहयोगीले इरानको पुनर्निमाणको लागि अमेरिका र सहयोगी देशहरुले आर्थिक सहायता योजना रहेको छ । युद्धका कारण इरानमा भएको भौतिक र आर्थिक क्षतिको भरणपोषणका लागि यो डलर योजना इरानले सुरुदेखि नै माग राख्दै आएको थियो ।

बाहिरिएको सम्झौताअनुसार ३० दिनभित्र अमेरिकाले इरानको समुद्री क्षेत्रमा लगाउँदै आएको कडा नौसैनिक नाकाबन्दी पूर्ण रूपमा हटाउनुपर्ने । त्यसपछि इरानले पनि ३० दिनमा हर्मुज जलमार्ग खुला गर्नुपर्ने सहमतिमा उल्लेख गरिएको छ ।

त्यसैगरी सहमतिमा इरानी भूभाग र जलक्षेत्रको आसपासबाट अमेरिकी सेना र सैन्य सरसामानहरू फिर्ता गर्नुपर्ने र सैन्य उपस्थितिलाई थप विस्तार नगर्ने र भविष्यमा इरानविरुद्ध कुनै पनि नयाँ आर्थिक वा सैन्य प्रतिबन्धहरू नलगाउने प्रतिबद्धता अमेरिकाले गरेको छ ।

मेहर न्यूजका अनुसार यो सहमतिमा अमेरिकाले इरानको आन्तरिक मामिला, राजनीति र शासकीय स्वरूपमा कुनैपनि प्रकारको हस्तक्षेप वा चलखेल नगर्ने, इरानी कच्चा तेल र अन्य ऊर्जा उत्पादनहरूको अन्तर्राष्ट्रिय व्यापारमा लगाइएका सबै प्रकारका कडा प्रतिबन्धहरूलाई अमेरिकाले पूर्ण रूपमा खारेज गर्नुपर्नेछ ।

यसको बदलामा, इरानले अन्तर्राष्ट्रिय समुदाय समक्ष आफूले कहिल्यै पनि आणविक हतियार विकास नगर्ने आफ्नो पुरानो प्रतिबद्धतालाई पुनः दोहो¥याउनुपर्ने सर्त राखिएको छ ।

अर्को महत्वपूर्ण सहमति अन्तिम वार्ता हुनुअघि नै अमेरिकाले विश्वका विभिन्न बैंकहरूमा रोक्का गरेर राखेको इरानको जम्मा गरिएको कुल सम्पत्तिको कम्तिमा आधा (५० प्रतिशत) हिस्सा तत्काल फुकुवा गर्नुपर्नेछ ।

इरानले तेलमाथिको प्रतिबन्ध व्यावहारिक रूपमै निलम्बन नभएसम्म र अमेरिकी नौसेनाको घेराबन्दी पूर्ण रूपमा नहटेसम्म सम्झौताको टेबलमा नबस्ने रणनीतिमा छ ।

सम्झौताका अन्त्यमा भनिएको छ, यी सम्पूर्ण प्रक्रियाहरू पूरा भई दुवै पक्ष पूर्ण सम्झौतामा पुगेपछि त्यसलाई कानुनी रूपमा बाध्यकारी र स्थायी बनाउनका लागि संयुक्त राष्ट्र सुरक्षा परिषद् (ग्ल्क्ऋ) को विशेष प्रस्ताव मार्फत अनुमोदन गराइनेछ ।

यी माथिका बुँदा र सर्त हेर्दा इरानले कुटनीतिक रुपमा पनि जित हासिल गरेको छ । वार्तामा इरानको हात माथि परेको छ । युद्धमा हारेको अमेरिकाले कुटनीतिक युद्धमा पनि हारेको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal