आज :

हिरासतमा पूर्व गृहमन्त्री गुरुङले गरेको धम्कीको तत्काल छानविन गर्न जेनजीको माग

  • अनलाइन डबली

काठमाडौं । राष्ट्रिय जेनजी नागरिक अभियानले २४ घण्टाभित्र पूर्वगृहमन्त्री तथा रास्वपा सांसद सुदन गुरुङलाई छानविनको दायरमा ल्याउन अल्टिमेटम दिएको छ । शुक्रबार काठमाडौंको संवाद डबलीमा पत्रकार सम्मेलनको आयोजना गरी गुरुङलाई कारवाही नगरे थप सशक्त संघर्ष गर्ने अभियानले चेतावनी दिएको छ ।

अभियानका संयोजक सुनिल सिंहले आफ्ना साथिहरु सहसंयोजक अजय सोडारी, सचिव प्रकाश बम, सुजन पौडेल, स्टर जेम्स नेपालीलाई जेठ १९ गते लैचौर स्थित भारतिय दूतावास अगाडिबाट प्रहरीले गिरफ्तार गरेर २४ घण्टासम्म हिरासतमा राखेको जनकारी दिए । सिंहले सुदन गुरुङलाई २४ घण्टाभित्र कानुनी दायरामा नल्याए आफूहरु कडा संघर्षमा उत्रने चेतावनी दिए ।

सहसंयोजक अजय सोडारीले सीमा सुरक्षाको पक्षमा शान्तिपूर्ण धर्ना बसेका हाफूहरुलाई जाबरजस्ति घाँटि न्याकेर अपराधि जसरी हिरासत लगिएको भन्दै आक्रोश व्यक्त गरे ।
सोडारीले आफूहरुलाई पूर्वगृहमन्त्री गुरुङ हिरासत मै पुगेर गैर कानुनी ढंगले धम्की र दुव्र्यवहार गरेको भन्दै त्यसकिसिमका हर्कत क्षम्य नभएको बताए । “गैरजिम्मेवार गुरुङलाई रास्वपा सरकरले २४ घण्टाभित्र छानविनको दायरमा नल्याए जेनजीहरु हातमा दही जमार बस्ने छैनन् हेक्का राहोस” सोडारीले चेतावनी दिए ।

अभियानका प्रवक्ता विर्जन विश्वकर्माले सुदन गुरुङको गलत रवैयाको ढाकछोप गर्न उनिमाथि बनाईको छानविन प्रतिवेदनको मसाला अगाडि सारिएको जिकिर गरे । हाम्रा साथिहरुमाथि गरिएको गैरजिम्मेवारपूर्ण व्यवहारलाई विषयान्तर गर्न ‘क्लिनचिट’ मिडिया ट्रायल गरिएको छ, जुन सत्य होइन ।

अभियानका सचिव प्रकाश बमले वर्तमान सरकार संविधान र कानुन विपरित जान लागेकोले त्यसको खबर्दारी जरुरी भएको बताए । राष्ट्रियताको पक्षमा बोलेकै भरमा आफूहरुलाई गिरफ्तार गरेको आरोप लगाउँदै बमले भने,“आफ्नो डनगिरी र गुण्डागिरी रवैयाबाट माथि उठ्न नसकेका माननिय गुरुङले संविधानले दिएको अधिकारको उपयोग गर्दा हिरासतमै आएर धाक, धम्कि र त्रास दिनुले नेपालमा नयाँ तानाशाहाको जन्म भएको पुष्टि भएको छ ।”

अभियान्ता सुप्रिया नेपालीले नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता र भौगोलिक अखण्डताको पक्षामा बोल्दा नागरिकलाई अपराधिको जस्तो व्यवहार हुनु राज्यको असफलता भएको बताईन ।
सुनिल विश्वकर्माले माइति घर र सुकुम्बासीका समस्या नदेख्ने सरकारले हिरासतमा रहेका राष्ट्रवादी युवाहरुलाई धम्की दिनु गैरन्यायीक भएको जिकिर गरे ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal