आज :

ट्रेड यूनियन अधिकारको विषय उठाउन जेटियुसिसीको टोली जेनेभा जाँदै

  • धनन्जय बुढा

काठमाडौं । जेटियुसिसीले ट्रेड युनियन अधिकारको विषयमा आवाज उठाउन भोलि स्वीट्जरल्याण्डको जेनेभा प्रस्थान गर्ने भएको छ । शुक्रवार काठमाडौंको संवाद डबलीमा जेटियुसिसीले आयोजना गरेका पत्रकार सम्मेलनमा अध्यक्ष विनोद श्रेष्ठले लोकतन्त्र र ट्रेडयुनियन अधिकारमाथि सरकारले गरेको हस्तक्षेपको जोडदार कुरा उठाउने जानकारी दिएका छन् ।

सयुक्त ट्रेड यूनियन समन्वय केन्द्र(जेटियुसिसी)का अध्यक्ष विनोद श्रेष्ठले २९ गतेसम्म हुने ‘अन्तराष्ट्रिय श्रमिक सम्मेलनको ११४औं सत्र’मा जेटियुसिसी अध्यक्ष, महासचिव तथा अबद्ध महासंघका अध्यक्षहरुको टोली भोलि २३ गते जेनेभा प्रस्थान गर्ने जानकारी दिए ।

आइटियुसी–एएसीका अध्यक्षसमेत रहेका श्रेष्ठले नेपाली श्रम बजारको अवस्था, श्रमिकको लोकतान्त्रिक अधिकार र ट्रेड युनियनमाथिको सरकारी हस्तक्षेपका विषयमा अन्तराष्ट्रिय माञ्चमा जोडदार आवाज उठाउने बताए ।

नेपालको लोकतन्त्रसमेत खतरमा पर्न लागेको बारे उजागर गराउने जनाउँदै श्रेष्ठले भने,“सुशासनको एजेण्डा बोकेको सरकार फालियो, ट्रेड युनियन मात्रै हैन लोकतन्त्र हनन् हुँदैछ, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कानुनलाई लत्याउँदै ट्रेड युनियनमाथि हस्तक्षेप लगायतका विषयमा अन्तर्राष्ट्रिय जगतलाई ध्यानाकर्षण गराउने छौं ।”

एनटियुसिका अध्यक्ष योगेन्द्र कुमार कुँवरले नेपालको सार्वभौमसत्ता, राष्ट्रिय स्वाधिनता र भौगोलिक अखण्डता जस्तो संवेदनशील विषयमा प्रधानमन्त्री बालेन्द्र शाहाले दिएको अभिव्यक्तिमाथि खेद प्रकट गरे ।
कुँवरले वर्तमान सरकार एकातिर जनताको अधिकार खोस्नतिर तल्नि भएको र अर्कोतिर राष्ट्रियतामाथि नै प्रहार गर्नतिर लागेको भन्दै रोश व्यक्त गरे ।

ट्रेड युनियन महासंघ(टुकोन)का केन्द्रीय अध्यक्ष हिक्मत जंग भण्डारीले बालेन सरकारले केही नेपाल ऐन संशोधन गर्न बनेको अध्यादेशमार्फत ट्रेड युनियन दर्ता खारेजी गर्ने कार्यले आफूहरुलाई अक्रोशित बनाएको बताए । भण्डारीले सुकुम्बासीलाई विना विकल्प हटाउने कार्य पनि गलत भएको बताए ।

जेटियुसिसी महिला समिति अध्यक्ष प्रमिला ढुङ्गानाले नेपाल पक्ष राष्ट्र भाई अनुमोदन गरेका अन्तारष्ट्रिय श्रम मापदण्डहरु र श्रमिक अधिकार रक्षार्थ देशमा संघर्ष र अन्तराष्ट्रिय दबाबको सिर्जना आवश्यक रहेको बताईन् ।

 

जेटियुसिसी महासचिव नवराज दाहालले वर्तमान सरकार गरिव तथा उत्पीडित, श्रमिक वर्ग विरोधी र लोकतन्त्रको लागि खतरा बन्दै गएकोले सबै एकजुट भएर लड्न तयार हुनुपर्ने धारणा राखे ।

 

 

 

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal