आज :

स्ववियु खारेजी र विदेशी काउन्सिल सह्य हुने छैनः संयुक्त विद्यार्थी संगठन

  • धनन्जय बुढा

काठमाडौं । विद्यार्थी संगठनहरु खारेजी प्रक्रिया आलोकतान्त्रिक र असंवैधानिक भएको संयुक्त विद्यार्थी संगठनले जिकिर गरेकोछ । मंगलबार राजधानीको संवाद डबलीमा भएको कार्यक्रममा संगठनले स्कूल, कलेजमा प्रहरी पोष्टको तयारीले बालेन सरकारले पतनको बाटो रोजेको बताएका छन् ।

नेपाल विद्यार्थी संघका कार्यबाहक अध्यक्ष नविन पौडेलले विद्यार्थी संगठनहरुलाई विस्थापन गर्न क्याम्पसहरुमा प्रहरी पोष्टको तयारी अलोकतान्त्रिक र असंवैधानिक भएको बताएका छन् । “यदि विश्वविद्यालय र क्याम्पसमा ब्यारिकेट राखिए देशमा गृहयुद्ध निश्चित छ, के यो सरकारसँग त्यसलाई सम्हाल्ने दम छ” पौडेलले भने ।

नेकपा निकट अखिल (क्रान्तिकारी)का अध्यक्ष विजय प्रकाश शर्मा सापकोटाले सत्ता र शक्तिको आडमा विद्यार्थी संठनलाई खारेज गर्ने सोच घातक भएको बताए । “जबजब शासकहरुले बन्दुकको दम्भमा युवा–विद्यार्थीहरुलाई कुल्चने प्रयास गरे तबतब उनिहरुको पत्तासाफ भएको इतिहास बालेन सरकारले पढ्न जरुरी छ” सापकोटाले भने ।

लोकतन्त्र र स्वतन्त्रताको लागि हजारौं युवा विद्यार्थीहरुले रगत बगाएको स्मरण गराउँदै सापकोटाले भने,“तिमीहरुको बन्दुकको धम्किसंग हामी डराउँदैनौं, हेक्का रहोस् अखिल (क्रान्तिकारी)ले पनि बन्दुक बोकेर आएको हो ।” “सुशासनको नारा दिएर आएका गृहमन्त्रीले हामीलाई धम्क्याउने हैन राजिनामा दिनुस, आफ्ना कर्तुत लुकाउन सक्नुहुन्न” सापकोटाले थपे ।

धर्मेन्द्र बास्तोला नेतृत्वको नेकपा(बहुमत) निकट अखिल (क्रान्तिकारी)का अध्यक्ष बिरेन्द्र शाहले विद्यार्थी संगठन खारेज गर्न लागि परेको सरकारले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय नियम–कानुन् र नेपाली विद्यार्थी आन्दोलनको अध्ययन गर्न सुझाव दिए । “हामीहरुमाथिको प्रहार भनेको गरिबका छोराछोरीलाई राजनीतिबाट विमुख बनाउने बिषय हो, हामी चाहन्नौ ‘नेपो बेबी’ र ‘नेपो किड्स’हरुले भविष्यमा राष्ट्रिय स्वाधिनता लिलाम लाउन्” शाहले थपे ।
एमाले निकट अनेरास्ववियुका सचिव समिम बाबु खानले दुईतिहाईको दम्बमा बालेन सरकार अन्धो हुँदै गएको जिकिर गरेका छन् । खानले हरेक परिवर्तनमा विचारसहितका युवा विद्यार्थीहरुको अहम भूमिका रहँदै आएको र त्यसलाई बन्ध्याकरण सम्भव नरहेको बरु नसच्चिदा आफै खरानी भएको जिकिर गरे ।

अखिल(क्रान्तिकारी)का अध्यक्ष महेश श्रेष्ठले विद्यार्थीलगायत वैधानीक संघसंगठनहरुलाई प्रतिबन्ध लगाउने विषय देशमा तानाशाहीता लाद्ने षड्यन्त्र भएको जिकिर गरे । विदेशी साम्राज्यवादी र विस्तारवादीहरुबाट सञ्चालितहरुले युवाविद्यार्थीहरुको अधिकारमाथि प्रतिबन्द लगाउने विषय सामान्य छैन, यिनको पत्तासाफ गर्ने बेला आयो” श्रेष्ठले थपे ।

जनपक्षीय विद्यार्थी संगठनकी अध्यक्ष सुनिता बुढाथोकीले विद्यार्थी संगठनहरुलाई प्रतिबन्ध लगाउने विषयले देशलाई पञ्चायती र राणाकाल अगाडिको अवस्थामा पुर्याउने सोच भएको बताईन् ।

वैज्ञानिक समाजवादी विद्यार्थी संगठनका अध्यक्ष हिमांशुले देशका शक्तिका स्रोत युवा र विद्यार्थीहरुको राजनीतिक चेतमाथि बन्ध्याकरण गर्न संगठनहरु खारेजीमा लागेको आरोप लगाए ।

विप्लव नेतृत्वको नेकपा(माओवादी) निकट अखिल समाजवादीका सचिव कपिल सिजापतिले बन्दुकको बलमा युवा–विद्यार्थीहरुका आवाज र चेतनालाई दबाउन खोजे उनिहरुको भविष्य समाप्त पार्ने चेतावनी दिए ।

अखिल छैटौंका अधयक्ष सुवास जिसिले बालेन सरकारले क्याम्पस कलेजमा प्रहरी चौकी र ब्यारिकेट राखेर विद्यार्थी तर्साउने कार्य उसको लागि घातक हुने चेतावनी दिए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal