आज :

‘नेता, कर्मचारी र बिचौलियाले आफू अनुकुल ‘खरिद ऐन भ्रष्टाचार मैत्री’ बनाए’

  • अनलाइन डबली

काठमाडौं । स्वास्थ्य क्षेत्रको एक खर्ब बजेटमा झण्डै आदा रकम भ्रष्टाचार हुने गरेको नेपाल स्वास्थ्य व्यवसायी संघका अध्यक्ष नवराज बस्नेतले दाबी गरेका छन् । सोमबार राजधानीमा संघले पत्रकार सम्मेलनको आयोजना गरी नेता, कर्मचारी र बिचौलियाले आफू अनुकुल ‘सार्वजनिक खरिद ऐन भ्रष्टाचार मैत्री’ बनाएको आरोपसमेत लगाए ।

अध्यक्ष बस्नेतले विगतका पुराना सरकारमा सहभागी दलका प्रतिनिधिले स्वास्थ्य क्षेत्र सुधारका मुद्दाहरु अख्तियार गरे पनि त्यसलाई अत्याधिक भ्रष्टाचारको आधार तयार गरेको आरोप लगाएका छन् । बस्नेतले वर्तमान बालेन्द्र शाह नेतृत्वको सरकारलाई भ्रष्टाचारको जालो तोड्ने ऐतिहासिक अवसर जनताले दिएकोले त्यस मौकालाई सरकारले नगुमाउने विश्वास राखे ।

स्वास्थ्यमा छुट्याईने आबको कुल बजेटको ५० प्रतिशत रकम अपचलन हुने गरेको बताउँदै बस्नेतले भने,‘मन्त्री, कर्मचारी, बिचौलिया र तस्कर व्यवसायीको मिलेमातोमा आधा खरब रकम लुटेर खाने प्रचलनमा ब्रेक लगाउन यो सरकारलाई अवसर छ ।’

सार्वजनिक खरिद ऐन २०६३ नै स्वास्थ्य क्षेत्रको भ्रष्टाचारको मूल आधार रहेको जिकिर गर्दै बस्नेतले भने, ‘जनताको सेवा भन्दा पनि आफू र सिमित आसोपासेको दुनो साझ्यान पटकपटक खरिद ऐन संशोधन गरेर आफू अनुकुल बनाएका छन्, त्यसलाई अब जनमैत्री बनाउनुपर्छ ।’

‘व्यवसायीले दिएको स्पेसिफिकेसन(विवरण) र सर्तहरु हुबहु छापेर सेटिङमा बोलपत्र प्रकाशित गर्न केन्द्र, प्रदेश र स्थानीय सरकारसम्म भ्रष्ट कर्ममाचरी र माफिया सक्रिय रहेका छन् ।’ बस्नेतले भने ।
झण्डै ३२ हजार डाक्टरहरु रहेकोमा २० प्रतिशत विदेश पलायन भइसकेको र बाँकीले आफ्नो विज्ञता अनुसार सहरदेखि दुर्गम, धनीदेखि गरिवसम्मलाई उपचार सेवा दिनुपर्नेमा उनिहरुलाई समान खरिद–बिक्री र प्रशासनीक झमेलामा परिएको बस्नेतको जिकर छ ।

यस्ता विविधि समस्या हल गर्न सरकारले केन्द्रदेखि स्थानीय तहसम्म अनुगमन समिति बनाएर अगाडि बढ्नुपर्ने सुझाव दिएका छन् ।

 

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal