
काठमाडौँ ।ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री बिराज भक्त श्रेष्ठले मन्त्रालयअन्तर्गतका सम्पूर्ण महाशाखाको समग्र अवस्था, प्रगति तथा विद्यमान चुनौतीहरूको विषयमा स्थलगत अनुगमन तथा विस्तृत समीक्षा गर्नु भएको छ।
अनुगमनका क्रममा मन्त्री श्रेष्ठले सेवा प्रवाहलाई थप प्रभावकारी, पारदर्शी र जनमुखी बनाउनेतर्फ जोड दिँदै सम्बन्धित निकायलाई परिणाममुखी कार्यसम्पादनमा केन्द्रित हुन निर्देशन दिनुभयो ।
उक्त अवसरमा उहाले मातहतका सबैमा राष्ट्रको ऊर्जा विकास, जलस्रोतको दिगो उपयोग तथा सिँचाइ प्रणालीको सुदृढीकरणमार्फत समग्र आर्थिक समृद्धिमा टेवा पुर्याउने प्रतिवद्धता व्यक्त गर्नुभएको छ।


अनलाइन डबली

